स्मारिका इन्टरनेश्नल एजुकेशन कन्सलटेन्सीको शाखा अब पुतली सडकमा समाचार December 16, 2022December 16, 2022 स्मारिका इन्टरनेश्नल एजुकेशन कन्सलटेन्सीको शाखा कार्यालय पुतलीसडकमा उद्घाटन गरिएको छ । सो कन्सल्टेन्सीको उद्घाटन नेपाल शैक्षिक परामर्श संघका फस्ट भ्वाइस प्रेशिडेण्ड देविदास भट्टराईले गर्नुभएको थियो । विगत लामो समयदेखी चितवनमा संचालन गरिरहेको उक्त कन्सलटेन्सीलाई अझ प्रभावकारी र सहजता बनाउन राजधानिमा शाखा कार्यालय संचालनमा ल्याइएको स्मारिक इन्टरनेश्नल एजुकेशनका संचालक सुवास भट्टराईले
मेलम्चीका सडक बाढीले बगायो समाचार August 28, 2022October 7, 2022 १२ भाद्र,काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा शनिबार राति परेको वर्षापछि आएको बाढीले सडक बगाएको छ । मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ को सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीका वडा नम्बर ६ र ७ का
काठमाडौं महानगरले १२ वटा वडाको फोहोर उठायो समाचार August 12, 2022August 12, 2022 २७ श्रावण,काठमाडौं । काठमाडौं महानगरपालिकाले भित्री शहरका १२ वटा वडाको फोहोर बिहिबार राति उठाएको छ । महानगरपालिकाले नेवार समुदायको प्रमुख पर्व गाईजात्रा सुरु हुनु भन्दा अघिल्लो रात भित्री शहरी क्षेत्रमा पर्ने १२ वटा वडाको फोहोर सबै उठाएको हो । तत्कालका लागि फोहोर टेकुस्थित ट्रान्सफर केन्द्रमा लगेर राखिएको काठमाडौं महानगरले जनाएको छ
सिन्धुलीका विद्यार्थीमा बेहोस हुने समस्या Uncategorized समाचार August 11, 2022August 11, 2022 २६ श्रावण, काठमान्डौं । सिन्धुली जिल्लाका केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा बेहोस हुने समस्या देखिएको छ । सुनकोशी गाउँपालिका–७ स्थित गणेश माध्यमिक विद्यालय र हरिहरपुरगढी गाउँपालिका–२ स्थित जनप्रभात निम्न माध्यमिक विद्यालयका विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ ।एकै पटकमा दर्जनौं विधार्थीमा बेहोस हुने समस्या देखिएको विद्यालय प्रशासनले जनाएको
टेकुको ट्रान्सफर सेन्टरको गेटमा ताला समाचार August 11, 2022August 11, 2022 २६ श्रावण ,काठमाडौं । नुवाकोटको बञ्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेसन फोहोर थुपार्दै आएको छ । तर, टेकु क्षेत्रका स्थानीयले त्यहाँ पनि फोहोर थुपार्न अवरोध गरेका छन् । उनीहरुले आज बिहीबार महानगरपालिकाका गाडीहरुलाई भित्र जान र बाहिर निस्कन रोक लगाएका हुन् ।साँघुरो ठाउँमा फोहोर थुपार्ने तर त्यहाँबाट
निर्वाचन आयोगले भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने समाचार August 10, 2022August 10, 2022 २५श्रावण,काठमाडौँ — प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी(विरोधका लागि आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिकको कार्यक्रम सञ्चालन हुने बताउँनु भएको छ। सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई
रोमान्स र कमेडी फिल्ममा दयाहाङ सौगातको मित्रता ‘दुई नम्बरी’ मनोरञ्जन August 10, 2022August 10, 2022 २५श्रावण,काठमाडौं । आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङरहेका छन् । दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ । गाउँको परिवेशमा कमेडी कथा बुनिएको
आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित मनोरञ्जन August 10, 2022August 10, 2022 २५श्रावण,काठमाडौं । अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । डीबीआर मिडिया एण्ड मुभिजले निर्माण गर्न लागेको ‘सायरा’मा उनी जोडिन लागेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सामाजिक र प्रेम सम्बन्धको कथावस्तुमा निर्माण हुने जनाइएको छ । फिल्ममा लिखित सहमतिपछि कुरा गर्दै सिग्देलले कथावस्तुका कारण आफू आकर्षित भएको बताएका
अज्ञात समूहद्वारा तोडफोड काठमाडौंको फोहोर बोकेका गाडी समाचार August 9, 2022August 9, 2022 २४ साउन, काठमाडौं । काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहद्धारा तोडफोड भएको छ । सिस्डोल(बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको
काठमाडौं उपत्यकामा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू समाचार August 7, 2022August 7, 2022 २२श्रावण,काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनहरुमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू गरेको छ । काठमाडौं महानगरपालिकाको समन्वयमा आयोजना गरिएको ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको आइतबार उद्घाटन गर्दै कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले चारपाङग्रे र दुई पाङ्ग्रे सवारी साधनहरुलाई अनावश्यक रुपमा हर्न नबजाउन सचेत गराउने उद्देश्यले यो