आमा बाबुमध्ये थर र ठेगाना रोजेर वंशजको नागरिकता लिन पाइने समाचार July 29, 2022July 29, 2022 १२ साउन, काठमाडौं । आमा वा बाबुमध्ये एउटाको थर र ठेगाना रोजेर नागरिकता लिन पाइने भएको छ । संघीय संसदको दुबै सदन ९प्रतिनिधि सभा र राष्ट्रिय सभा०बाट पारित नागरिकता ऐन संशोधन विधेयकले नागरिकता लिने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये एक रोज्न पाउने अधिकार प्रदान गरेको छ । सरकारले सुरु
अमेरिकी सहायक विदेशमन्त्री लू आज नेपाल आउँदै समाचार July 28, 2022July 28, 2022 १२ श्रावण,काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज बिहीबार फेरि नेपाल आउँदै छन् । एमसीसी नेपालको संसदबाट अनुमोदन गराउन विशेष भूमिका खेलेका लु नेपालले स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी अस्वीकार गरेको अवस्थामा उनी नेपाल आउन लागेका हुन् ।बिहीबार नेपाल आइपुगेपछि उनले दुई दिन बिताउनेछन्।उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण
शनिबारसम्म वर्षाको सम्भावना समाचार July 28, 2022July 28, 2022 १२श्रावण,काठमाडौँ — आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ । मनसुन सक्रिय रहेकाले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान को आसपासमा
एसईईको नतिजा सार्वजनिक, ९६३३ विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए समाचार July 27, 2022July 27, 2022 ११ श्रावण ,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको छ । भक्तपुरको सानोठिमीमा पत्रकार सम्मेलन गर्दै बोर्ड सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा सार्वजनिक गर्नुभएको हो ।यस वर्ष सबैभन्दा बढी ३।६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ छन् । जुन कुल विद्यार्थीको १.९४
काठमाडौंमाएक सातादेखि थुप्रिएको फोहोर भोलिदेखि उठाइने समाचार July 27, 2022July 27, 2022 ११श्रावण,काठमाडौं । काठमाडौंमा एक सातादेखि थुप्रिएको फोहोर भोलि बिहीबारदेखि उठाइने भएको छ ।काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइट जाने सडक मर्मतका लागि भन्दै एक सातादेखि फोहोर नउठाएकोमा बिहीबारदेखि पुनः फोहोर उठाइने जानकारी दिएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै बिहीबार बिहान ६ बजेदेखि नै फोहोर संकलनका लागि अतिरिक्त जनशक्तिसहित गाडीहरु पठाउने
प्लास्टिक झोला प्रतिबन्धमा कडाई गर्ने सरकारको तयारी समाचार July 26, 2022July 26, 2022 १०श्रावण,काठमाडौं । सरकारले आगामी भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गर्ने भएको छ ।वातावरण विभागले आज मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई लागू गर्न कडाई गर्ने जनाएको हो । सरकारले गत वर्ष
मंकीपक्स देशैभरि फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा समाचार July 24, 2022July 24, 2022 ७श्रावण,काठमाडौं । मंकीपक्स विभिन्न ७५ देशमा फैलिएपछि मंकीपक्स विरूद्ध विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबै भन्दा उच्च तहको चेतावनी जारी गरेको हो । यस भाइरसका विषयमा डब्ल्यूएचओको आपतकालिन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा गरिएको हो । डब्ल्यूएचओका महानिर्देशक
मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध समाचार July 24, 2022July 24, 2022 ७श्रावण काठमाडौं।पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड शनिबार बिहान अवरुद्ध भएको छ । मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा पहिरो गएपछि दुईतर्फी सडक नै अवरुद्ध भएको हो । ढुंगा र माटोसहितको पहिरो पन्छाउन उक्त स्थानमा डोजरको प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो
मास्क अनिवार्य प्रयोग गर्न र खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह समाचार July 22, 2022July 22, 2022 ६ श्रावण,काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको सूचनामा गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थलमा
एक सातासम्म उपत्यकामाफोहोर नउठ्ने समाचार July 21, 2022July 21, 2022 ५ श्रावण काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर एक सातासम्म नउठ्ने भएको छ ।काठमाडौं महानगरपालिकाले एक सातासम्मका लागि फोहोरलाई घरभित्रै व्यवस्थापन गर्न आग्रह गरेको छ । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट पुग्ने सडक मर्मतका कारण फोहोरका गाडीहरू ल्याण्डफिल्ड साइट पठाउन नसकिएको भन्दै महानगरले एक सातासम्मका लागि फोहोर उठाउन नसक्ने जनाएको छ ।महानगरपालिकाले