You are here
Home > खुसी बाँडे खुसी बढ्छ > रसुवा बाढीपीडितलाई जापानबाट ठूलो सहयोग, इओनद्वारा ५० हजार अमेरिकी डलर

रसुवा बाढीपीडितलाई जापानबाट ठूलो सहयोग, इओनद्वारा ५० हजार अमेरिकी डलर

 टोकियो/जापान। नेपालको रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि जापानबाट आर्थिक सहयोग जुट्ने क्रम जारी छ। जापानको इओन वन पर्सेन्ट क्लब फाउन्डेसनले बाढीपीडितका लागि ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ।
फाउन्डेसनका अध्यक्ष हिरोयुकी वातानाबेले टोकियोस्थित नेपाली राजदूतावास पुगेर उक्त सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। फाउन्डेसनले जारी गरेको सहयोगपत्रमा सन् २०२६ अगस्टमा नेपालमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोग तथा प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापना कार्यका लागि ५० हजार अमेरिकी डलर प्रदान गर्ने उल्लेख छ।
यसैगरी, जापान एसोसिएसन फर द इम्प्लोयमेन्ट अफ फरेन नेसनल्स (जेएईएफएन)ले १० लाख जापानी येन र जापान–नेपाल डेभलपमेन्ट फोरमले पनि १० लाख येन सहयोग प्रदान गरेका छन्।
टोकियोस्थित नेपाली राजदूतावासले बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै इओन वन पर्सेन्ट क्लब फाउन्डेसनका अध्यक्ष हिरोयुकी वातानाबे, जेएईएफएन तथा जापान–नेपाल डेभलपमेन्ट फोरमले देखाएको सहयोग र ऐक्यबद्धताप्रति नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

Leave a Reply

Top