You are here
Home > अन्तर्राष्ट्रिय > लेबनानमा इन्धन बोक्ने टयाङ्कर विष्फोट हुँदा २० जनाको मृत्यु

लेबनानमा इन्धन बोक्ने टयाङ्कर विष्फोट हुँदा २० जनाको मृत्यु

काठमाडौं, साउन ३१ गते । लेबनानमा इन्धन बोक्ने टयाङ्कर विष्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।
उत्तरी लेबनानको अक्करमा उक्त दुर्घटना भएको अलजजिराले उल्लेख गरेको छ । लेबनानको रेडक्रसका अनुसार आइतबार बिहान भएको विष्फोटमा घाइते ७९ जनालाई नजिकको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अक्कर अस्पतालका एक जना कर्मचारीले यासिन मेतलेजले अस्पतालमा सात जनाको मृत्यु भएको र अन्य दर्जनौं जलेर घाइते भएकाहरुको उपचार भइरहेको बताएका छन् ।
एक जना सैन्य अधिकारीले रोयटर्ससँगको कुराकानीमा लेबनानको सेनाले ग्याँसलाईनमार्फत् इन्धन वितरण गरिरहँदा विष्फोट भएको बताउनुभएको छ ।

Leave a Reply

Top