एन आर एन कान्साइको जनावरी १ सांगीतिक कार्यक्रमको तयारी पुरा,कलाकारहरु ओसाकामा प्रवास मनोरञ्जन December 31, 2019December 31, 2019 एन आर एन कान्साइले अंग्रेजी नयाँ बर्षको अबसर पारेर २०२० जनावरी १ तारिकका दिन आयोजना गर्न लागेको शुभकामना आदान प्रदान सहित भब्य सांगीतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा सहभागी हुन कलाकारहरु ओसाका आइपुगी सकेका छन। एन आर एन कान्साइले प्रत्येक वर्ष विभिन्न उद्देश्यका साथ सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। यस बर्ष भने आपतकालिन राहत कोषको सहयोगार्थ भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको एन आर एन कान्साइका संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिनुभयो।यस बर्ष सांगीतिक कार्यक्रम संगै राष्ट्रीय टोपी दिवस विशेष रुपले मनाउन लागिएको एन आर एन कान्साइले जानकारी दिएको छ।यस वर्ष नेपालको शिक्षा स्वास्थ्य र खेलकुद क्षेत्रमा लामो समय देखी योगदान दिनुहुने जापानि नागरिकलाइ सम्मान गरिने बताइएको छ। https://www.facebook.com/nrnkansai/videos/2897658287008527/?t=0 ओसाका स्थिति उमेदामा रहेको होटेल हिल्टनमा बेलुकी ५ बजेदेखी कार्यक्रम संचालन हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा खरिद गरिएको टिकट मध्य बाट लक्की ड्र मार्फत एक जनालाई नेपाल जाने आउने टिकट उपहार प्रदान गरिने एन आर एन कान्साइका सचिब धन प्रसाद सापकोटा सुरेशले जानकारी दिनु भयो। उक्त दिन कार्यक्रममा उपस्थित भई सफल पारीदिनुहुन एन आर एन कान्साइले अनुरोध गरेको छ ।