You are here
Home > प्रवास > ओसाकामा नवलपुर समाज जापान, कान्साईको ‘तीज फेस्टिभल २०२६’ को तयारी पूरा

ओसाकामा नवलपुर समाज जापान, कान्साईको ‘तीज फेस्टिभल २०२६’ को तयारी पूरा

ओसाका, जापान। नवलपुर समाज जापान, कान्साईको आयोजनामा आगामी सेप्टेम्बर १२ तारिख शनिबार ओसाकामा हुने ‘तीज फेस्टिभल २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने यस वर्षको कार्यक्रमलाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोडिएको छ। आयोजकका अनुसार कार्यक्रम नेपालका बाढीपहिरो पीडितहरूको सहयोगार्थ आयोजना गरिनेछ। कार्यक्रम सञ्चालनमा लाग्ने आवश्यक खर्च कटाएर बचत भएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ।

कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी कलाकार रामजी खाँड, देवी घर्ती र टीका सानुले विशेष सांगीतिक प्रस्तुति दिनेछन्। कलाकारहरूको प्रस्तुतिसँगै तीजको मौलिक संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

BJN International को विशेष सहयोगमा आयोजना हुने कार्यक्रम ओसाकास्थित Abeno Cumin Center (阿倍野区民センター) मा साँझ ५ बजेदेखि सुरु हुनेछ।

जापानमा नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्दै नेपाली समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ। यसपटक तीजको उत्सवसँगै प्राकृतिक विपद्बाट प्रभावित नेपालीहरूलाई सहयोग गर्ने मानवीय अभियानसमेत जोडिएकाले कार्यक्रम थप अर्थपूर्ण हुने आयोजकको विश्वास छ।

नवलपुर समाज जापान, कान्साईले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै ओसाका, कान्साई क्षेत्र तथा जापानका विभिन्न स्थानमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।

Leave a Reply

Top