ओसाकामा जुन १, २०२६ मा सुजन चापागाईंको “स्माइल म्युजीक टूर ” हुने प्रवास मनोरञ्जन May 6, 2026May 6, 2026 ओसाका, जापान — चर्चित नेपाली गायक सुजन चापागाईले आफ्नो बहुप्रतिक्षित “स्माइल म्युजीक टूर 2026” अन्तर्गत जापानको ओसाकामा प्रस्तुति दिन आउने भएका छन्। गनेशा प्रोडक्सनद्वारा आयोजना गरिने यस सांगीतिक कार्यक्रम जुन १, २०२६ मा ओसाकाको बहुचर्चित स्थान नाम्बा ह्याचमा हुने तय भएको छ। कार्यक्रममा सुजन चापागाईं आफ्नो ब्याण्ड “The Infinity” सहित मञ्चमा उत्रिनेछन्। “घाम घाम”, “फूलथुंगे रानी”, “बादल बनाइदेऊ” जस्ता लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाउँदै आएका चापागाईंको यो प्रस्तुति जापानस्थित नेपाली संगीतप्रेमीहरूका लागि विशेष आकर्षण हुने अपेक्षा गरिएको छ। कार्यक्रमका लागि टिकटहरू विभिन्न स्थानमा उपलब्ध हुनुका साथै QR कोडमार्फत टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ। ओसाका तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गर्न लागिएको यो कार्यक्रमले नेपाली संगीत र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।