कोबेमा पहिलोपटक ‘वन डे तीज फेस्टिवल’ आयोजना हुँदै,प्रवेश निशुल्क प्रवास मनोरञ्जन August 17, 2025August 17, 2025 कोबे, जापान – नेपाली महिलाहरूको राष्ट्रिय पर्व तीज यसपटक कोबेमा फेस्टिवल को रूपमा आयोजना हुने भएको छ। आगामी अगस्ट २० (बुधबार) का दिन कोबे मेरिकेन पार्कमा बिहान ११:०० बजेदेखि बेलुकी ७:३० बजेसम्म कार्यक्रम चल्ने आयोजकहरूले जनाएका छन्। यस पटकको तीज कार्यक्रमलाई चितवन समाज कान्साई ले ऐतिहासिक जमर्कोका रूपमा आयोजना गर्न लागेको हो भने, यसलाई नेपाली समाज कोबे ले सह–आयोजना गर्ने भएको छ। साथै, एनआरएनए कान्साई (NRNA Kansai) लगायत विभिन्न संघ–संस्थाहरूको सहयोग र सहकार्य रहने आयोजकले जानकारी दिएका छन्। फेस्टिवलमा नेपालका चर्चित राष्ट्रिय कलाकारहरू प्रकाश सपुत र प्रीति आले सहितका कलाकारहरूले प्रस्तुति दिनेछन्। त्यस्तै, स्थानीय प्रतिभाहरूका प्रस्तुति, पञ्चेबाजा, विभिन्न जातजातिका झाँकी, नृत्य लगायत आकर्षक कार्यक्रम प्रस्तुत गरिनेछ। यसैगरी, १० भन्दा बढी नेपाली परिकारका खानाका स्टलहरू, रेमिट्यान्स स्टल तथा विभिन्न व्यवसायिक प्रदर्शनी स्टलहरूले पनि मेलामा थप आकर्षण दिनेछन्। स्थान: Meriken Park, Kobe (Motomachi Station बाट ५ मिनेट, Sannomiya Station बाट १३ मिनेट) आयोजकले यो तीजलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने तयारी भइरहेको जनाउँदै, जापानभरका नेपालीलाई परिवारसहित उपस्थित भइ रमाइलो गर्न आह्वान गरेका