You are here
Home > प्रवास > गल्कोट समाज खानसाईको आयोजनामा जुन १४ र १५ तारिक ओसाकामा नेपाल महोत्सव हुदै

गल्कोट समाज खानसाईको आयोजनामा जुन १४ र १५ तारिक ओसाकामा नेपाल महोत्सव हुदै

ओसाका, जापान । आगामि जुन महिनाको १४ र १५ तारिक शनिवार र आइतवारको दिन पारेर गल्कोट समाज जापान, क्षेत्रीय समिति कान्साईले ओसाकामा नेपाल महोत्सव गर्ने भएको छ । ओसाकामा सोमबार पत्रकार सम्मेलन गदैं नेपाल महोत्सव बारे जानकारी गराइएको हो । नेपालको भेषभुषा, कला, साहित्य, संस्कार, संस्कृति, सभ्यता सहित प्राकृतिक, धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्व झल्किने गरी नेपाल महोत्सव आयोजना गर्न लागिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताउनु भयो ।समाजका अध्यक्ष थापाले नेपाल महोत्सव ओसाकामा भएका हाल सम्मका महोत्सव भन्दा फरक र आकर्षक पनि बनाईने भएकोले यो शुभ कार्यका सबैले साथ दिन समेत अनुरोध गर्नु भयो ।

नेपालको मौलिक रहन सहन तथा नेपाली जीवन शैलीलाई कलात्मक तरिकाले प्रस्तुत गर्ने गरि जापानी समुदाय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने, नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उदेश्यका साथ जापानको कान्साईमा पहिलो पटक ऐतिहासिक प्रथम नेपाल महोत्सव गर्ने निर्णय कार्यसमितिको प्रथम बैठकले निर्णय गरि सकेको र तदअनुरुप अगाडी बढेको संस्थाका अध्यक्ष नरबहादुर थापाले बताउनु भयो ।

महोत्सव संचालनका लागि समाजले एक मुल आयोजक समिति समेत गठन गरेको छ । जसमा महोत्सव, संरक्षण समन्वय संयोजक आत्माराम गैरे, महोत्सव, सल्लाहकार समन्वय संयोजक भीम केसी, सूचना तथा प्रबिधी, समन्वय संयोजक, सुमन सापकोटा, बिभिन्न संघसंस्था समन्वय संयोजक भीम काउचा, गल्कोट नगरपालीका समन्वय संयोजक शिबु थापा, ताराखोला गाऊँपालीका समन्वय संयोजक, भीम श्रीस, स्टल ब्यबस्थान समन्वय संयोजक, दिलिप कंडेल, महिला आर्थिक समन्वय संयोजक ज्योती सापकोटा आचार्य, स्वयंसेवक तथा सुरक्षा समन्वय संयोजक, मनबहादुर सलामी रहनु भएको छ ।

त्यसैगरी गल्कोट समाज कान्साईका अध्यक्ष नरबहादुर थापा महोत्सव संयोजक रहनु भएको छ भने कार्यक्रम संयोजक तथा संरक्षक, सुमित खत्री, आर्थिक संयोजक गौरी सापकोटा, सांस्कृतिक संयोजक कुल्बीर थापा र महोत्सव सदस्य सचिव भुवन सापकोटा रहनु भएको छ । पत्रकार सम्मेलनमा गैर आवसीय नेपाली संघका उपाध्यक्ष कृष्ण गैर, समाजसेवी तुल्सीराम खरेल, आत्माराम गैरेले महोत्सव संचालन बारे आफ्नो धाराण राख्नु भएको थियो ।
महोत्सवमा नेपालका विभीन्न जातजातीका झाँकी तथा संस्कृतीक समुहको प्रस्तुती तथा नेपाली तथा जापानी गित संगित तथा गायन क्षेत्रका कलाकारहरुको पनि २ दिन सम्म प्रस्तुती रहने आयोजकले बताएको छ ।

Leave a Reply

Top