You are here
Home > प्रवास > ओसाकामा महा शिवरात्रि विशेष धार्मिक कार्यक्रम आयोजना हुने

ओसाकामा महा शिवरात्रि विशेष धार्मिक कार्यक्रम आयोजना हुने

ओसाका, जापान – बिहुँकोट समाज जापान, कान्साई क्षेत्रीय समितिको आयोजनामा महा शिवरात्रिको अवसरमा विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाली समुदायलाई लक्षित गर्दै भक्ति, आध्यात्मिकता र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रम अन्तर्गत शिव पूजन, रुद्राभिषेक, भजन–किर्तन तथा प्रसाद वितरण गरिनेछ। सामूहिक रूपमा भगवान शिवको आराधना गरिने यस कार्यक्रममा भक्तजनहरूलाई सहभागिताका लागि आग्रह गरिएको छ।

यो कार्यक्रम सन् २०२६ फेब्रुअरी १५ तारिख आइतबार बेलुका ८ बजेबाट सुरु हुनेछ। कार्यक्रम ओसाका सिटी, हिरानो–कु, कामिनिशी 1-6-18 स्थित इन्डो–नेपाल रेष्टुरेन्ट “माउन्टेन एभरेस्ट” मा आयोजना हुने जानकारी दिइएको छ।

आयोजकका अनुसार, विदेशमा रहेका नेपाली समुदायबीच धार्मिक संस्कार जोगाउने, नयाँ पुस्तालाई संस्कृति परिचय गराउने तथा समुदायबीच आपसी सम्बन्ध मजबुत बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएका छन्।

कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन तथा सामूहिक भक्ति वातावरणमा जोडिन आयोजकले सम्पूर्ण श्रद्धालुहरूलाई हार्दिक निमन्त्रणा दिएको छ।

 

Leave a Reply

Top