You are here
Home > प्रवास > कास्की पोखरा समाज जापान (कान्साई) द्वारा भव्य तीज दर कार्यक्रम सम्पन्न

कास्की पोखरा समाज जापान (कान्साई) द्वारा भव्य तीज दर कार्यक्रम सम्पन्न

ओसाका, जापान । कास्की पोखरा समाज जापान (कान्साई) समितिद्वारा २०२५ अगस्ट १६, शनिबार ओसाकामा भव्य तीज दर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ११० भन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता रहेको थियो। समाजका संयोजक अग्नि त्रिपाठीको संयोजनमा भएको कार्यक्रममा सचिव अभिनय आचार्यले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष प्रकाश भण्डारीले प्रस्तुत गर्नुभएको थियो। महिला संयोजक अनिता त्रिपाठी र सल्लाहकार लोकबहादुर विश्वकर्माले हरितालिका तीजको शुभकामना दिएका थिए। कार्यक्रममा सहभागीहरूले पारम्परिक नाचगान, दरका परिकार र रमाइलो भेटघाट गर्दै तीज पर्वलाई उल्लासपूर्वक मनाए।

महिलाहरूको सजिएको पोशाक, लोकगीत र सामूहिक नृत्यले नेपालकै झल्को दिलाएको सहभागीहरूले बताएका छन्। यस अवसरमा राखिएको दान पेटिकाबाट जम्मा २७,००० येन संकलन भएको र उक्त रकम नेपालमा सामाजिक कार्यमा खर्च गर्ने निर्णय भएको संयोजक त्रिपाठीले जानकारी दिनुभयो। समाजले विगतदेखि नै नेपाली समुदायलाई एकताबद्ध गर्ने, नेपाली कला–संस्कृतिको संरक्षण गर्ने र सामाजिक उत्तरदायित्वमा टेवा पुर्याउँदै आएको छ। यसपटकको तीज दर कार्यक्रम पनि त्यही निरन्तरताको रूपमा सम्पन्न भएको हो।

Leave a Reply

Top