नयाँ कार्यसमितिका लागि एनआरएन कान्साईले गर्यो निर्वाचन कमिटीको गठन प्रवास समाचार June 18, 2025June 18, 2025 ओसाका जापान, एनआरएन जापान कान्साई क्षेत्रीय समितिको अधिवेशन आगामी जुन महिनाको २९ तारिक हुने भएको छ। समितिले आगामि २०२५ -२०२७ कार्यकालका लागि नयाँ कार्यसमितिका लागि निर्वाचन समितिको चयन गरेको छ। २०२५ जुन महिनाको ६ तारिक बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो। निर्वाचन समितिको संयोजकमा तेज गुरुङ्ग र सदस्यहरुमा यदुराम सापकोटा र नर बहादुर जुगजालीलाई चयन गरिएको एनआरएन कान्साईका संयोजक हरिप्रसाद कँडेलले जानकारी दिनुभयो। त्यस्तै केन्द्रीय प्रतिनिधीमा कृष्ण शर्मा गैरे, बिष्णु प्रसाद सापकोटा र थानु राना लाई केन्द्रले तोकेर पत्राचार गरेको एनआरएनकान्साईले जानकारी गराएको छ । उक्त बैठकबाट उम्मेदवारहरूको उम्मेदवारी शुल्क समेत निर्धारण गरिएको छ। संयोजकः- १५ मान उप-संयोजकः- १० मान महिला उप-संयोजकः- ७ मान युवा संयोजकः-८ मान सचिवः-८ मान कोषाध्यक्षः-८ मान सह-हरुः-५ मान सदस्यः-३ मान महिला सदस्यः-१५००० उक्त बैठकबाट गैडाकोट १ रहेको अपांग जिवन विकास संस्थाको दुई कोठे भवन निर्माणको सहयोगका सन्दर्भमा ७० मान यन सहयोग गर्ने निर्णय गरिएको सचिब विनोद कँडेलले जानकारी दिनुभयो। साथै २०२५-६-१९ मा गर्ने भनिएको वारविक्यु कार्यक्रम विशेष कारण वस स्थगित भएको समेत एनआरएन कान्साईले जनाएको छ।