हाम्रो दृष्टि, राम्रो दृष्टि जापानको नयाँ नेतृत्वमा विवेक कंडेल विविध March 4, 2026 विनिशा सापकोटा | ओसाका, जापान “हाम्रो दृष्टि, राम्रो दृष्टि जापान” को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट विवेक कंडेल अध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ। कार्यक्रममा संस्थाका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनका क्रममा संस्थाको प्रगति विवरण निवर्तमान सह–सचिव विनिशा सापकोटाले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी आर्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष विशाल कंडेलले प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनहरूमाथि सहभागी सदस्यहरूबीच विस्तृत छलफल भएको थियो। विगत कार्यकालका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे समेत गहन छलफल गरिएको थियो। नव–निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा हिरालाल कंडेल चयन हुनुभएको छ भने उपाध्यक्षद्वयमा रविन देवकोटा र विशाल कंडेल चयन हुनुभएको छ। सचिवमा विनिशा सापकोटा, कोषाध्यक्षमा सुमन सापकोटा, सह–सचिवमा सिर्जन सापकोटा र सम्झना कंडेल तथा सह–कोषाध्यक्षमा सन्तोष कंडेल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा भावना सापकोटा, चेतना सापकोटा, ओम प्रकाश शर्मा, अनिल गैरे, दिपक कंडेल, संगम सापकोटा, सन्देश पोख्रेल र दिपक रायमाझी चयन हुनुभएको छ। अधिवेशन टिकराम कंडेलको निर्वाचन समिति संयोजकत्वमा तथा तुलसीराम खरेल र आत्माराम शर्माको सदस्यतामा गठित निर्वाचन समितिद्वारा सम्पन्न भएको थियो। उक्त समितिले नव–निर्वाचित कार्यसमिति गठन गरेको थियो। नयाँ कार्यसमितिले “सामाजिक रूपान्तरणमा युवा अभियान” भन्ने मूल नारालाई आत्मसात गर्दै एकता, पारदर्शिता र सक्रियताका साथ जापानमा रहेका नेपाली समुदायको हक–हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा सहभागी विभिन्न प्रतिनिधिहरूले नव–निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।