You are here
Home > प्रवास > जापानको ओसाकामा बृहत तीज धमाका २०२५ हुदै

जापानको ओसाकामा बृहत तीज धमाका २०२५ हुदै

नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको चहलपहल देशमा मात्र नभई बिदेशका हरेक ठाउँहरूमा समेत बढदै गइरहेको छ।यहि बर्षको तीजमा जापानको हरेक ठुला शहरहरुमा समेत बिभिन्न तीजका कार्यक्रमहरु हुदै छन। तीजकै अवसर पारी जापानको दोश्रो ठुलो शहर ओसाकामा तीज धमाका कार्यक्रम हुदैछ। अन्तर्राष्ट्रिय बिहुँकोट बिकास मन्च र जिग्री दोहोरी साँझको संयुक्त आयोजनमा यहि अगष्ट २१ तारिख ओसाका तीज धमाका २०२५ हुन लागेको छ।

BJN international को सहयोगमा हुन लागेको उक्त कार्यक्रममा नेपाल बाट चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला वि.सी. र मोडल नारायणी खत्री जापान आई आफ्नो सांगीतिक प्रस्तुति दिने BJN international का कलाकार संयोजक दिपक केसीले जानकारी दिनुभयो। साथै जापानमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर लागिरहनु भएको कलाकार कुलवीर थापा,काजल गुरुङ्ग को समेत प्रस्तुती रहने अन्तर्राष्ट्रिय बिहुँकोट बिकास मन्चका अध्यक्ष गोविन्द प्रसाद कंडेलले जानकारी दिनुभएको छ। ओसाका शहरको बेन्तेन्चो स्टेशन नजिक रहेको हलमा हुने कार्यक्रमको लागि प्रवेश शुल्क २००० ऐन राखिएको र यसबाट नाफा आएको रकम अशक्त र असहायहरुको लागि सहयोग गरिने जिग्री दोहोरी साँझका संन्चालक तथा कार्यक्रम संयोजक सन्तोष भण्डारीले बताउनु भयो। अगष्ट २१ तारिख हुने कार्यक्रमको लगभग सम्पुर्ण तयारी पुरा भईसकेको र उक्त दिन सम्पुर्ण कान्साईबासी नेपालीहरूको लागि ढुक्क भएर कार्यक्रमा उपस्थित हुनका आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Top