You are here
Home > प्रवास > ओसाकामा ब्लु ब्वाइज युनियनद्वारा शैक्षिक परामर्श तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

ओसाकामा ब्लु ब्वाइज युनियनद्वारा शैक्षिक परामर्श तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

-ओसाका/जापान।

विगत केही समयअघिदेखि सृजनशील काम गर्दै आएको “ब्लु ब्वाइज युनियन “ जापान ओसाकाले यसपटक़ कान्साईमा रहेका आगामी वर्ष अप्रिल महिनामा दाईगाकु तथा सेन्मोन गाक्को प्रवेश गर्ने तयारीमा रहेका नेपाली विद्यार्थीहरुलाई मध्यनजर गरी शैक्षिक परामर्श तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

मिति २०२५/६/२८ गते शनिबार ओसाकाको तानिमाचि ७ चोमे 大阪府社会福祉会館(FINE財団) हलमा करिब १० ओटा भन्दा बढी गाक्को(स्कुल)हरुसंग सहकार्य गरि कार्यक्रम सम्पन्न गरेको ब्लु ब्वाइज युनियनका सचिव प्रदीपराज खड्काले बताए । कार्यक्रममा नेपाली विद्यार्थीहरुको उपस्थित संख्या कम रहेतापनि ब्लु ब्वाइजसँग सम्पर्कमा आई कार्यक्रममा उपस्थित हुन नसकेका विद्यार्थीहरुलाई पनि सम्बन्धित गाक्कोहरुसँग सम्पर्क गरि सेन्न्मोन गाक्को प्रवेशमा सहयोग गर्ने भएको छ।

अधिकांश नेपाली विद्यार्थीहरु समय छदैँ विभिन्न गाक्कोहरुले गरेका सेमिनार कक्षामा उपस्थित हुन गार्हो मान्ने तर समय सकिएपछि गाक्को पाइएन भनेर विगतका वर्षहरुमा गुनासो गर्ने गरेको पनि अध्यक्ष वासुदेव लामिछानेले बताए।साथै आगामी वर्षहरुमा पनि संस्थाले यस्ता किसिमका कार्यक्रमहरु आयोजना गर्दै अघि बढ्न जरुरी रहेको कुरा पनि बताए ।

Leave a Reply

Top