हाम्रो दृष्टि, राम्रो दृष्टि जापान’ को दोस्रो अधिवेशन मार्च ३ तारिख ओसाकामा हुँदै प्रवास विविध March 2, 2026March 2, 2026 ओसाका, जापान जापानमा क्रियाशील सामाजिक अभियान “सामाजिक रूपान्तरणमा युवा अभियान” अन्तर्गत रहेको हाम्रो दृष्टि राम्रो दृष्टि जापान को आयोजनामा तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन हुने भएको छ। “जापानमा रहेका नेपाली युवाहरूलाई संगठित गर्दै सामाजिक रूपान्तरणमा सक्रिय भूमिका खल्नु संस्थाको मुख्य उद्देश्य रहेको संस्थाका सचिव रबिन देवकोटाले बताउनु भयो । यस अधिवेशनले संस्थालाइ थप बलियो बनाउने विश्वास रहेको देवकोटाले जानकारी दिनुभयो। अधिवेशनमा संस्थाको हालसम्मको गतिविधिको प्रतिवेदन प्रस्तुत गरिनेछ भने भावी कार्ययोजना, संगठनात्मक सुदृढीकरण तथा जापानमा रहेका नेपाली समुदायको सामाजिक हितसम्बन्धी विषयमा छलफल गरिने कार्यक्रम रहेको छ। सामाजिक रूपान्तरणमा युवाको भूमिकालाई अझ सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ। कार्यक्रममा जापानका विभिन्न क्षेत्रबाट नेपाली समुदायका अभियन्ता, समाजसेवी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजक संस्थाले सम्पूर्ण सदस्य तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। कार्यक्रम २०२६ मार्च ३ तारिख दिउँसो ३ बजेदेखि ओसाका सिटी, नानिवा–कु स्थित नानिवा कुमिन सेन्टरमा आयोजना हुने जनाइएको छ। कार्यक्रम स्थल साकुरागावा स्टेशनको गेट नं. ७ बाट पैदल करिब पाँच मिनेटको दूरीमा रहेको छ।