You are here
Home > प्रवास > एनआरएनए जापानको उपाध्यक्ष पदको लागी दिलिप कँडेलको उम्मेदवारी दर्ता

एनआरएनए जापानको उपाध्यक्ष पदको लागी दिलिप कँडेलको उम्मेदवारी दर्ता

ओसाका, जापान

लामो समयदेखि सामाजिक सेवामा सक्रिय एवं एनआरएनए जापानका सचिव दिलीप कंडेलले एनआरएनए जापानको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।आफ्नो आधिकारिक फेसबुक मार्फत सो कुराको जानकारी गराएका दिलीप कंडेलको फेसबुकमा लेखिएको कुरा जस्ताको तस्तैः

आदरणीय जापानवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा

सादर नमस्कार।
म दिलीप कंडेल, सन् २०११देखि गैरआवासीय नेपाली संघको अभियानमा विभिन्न जिम्मेवारीहरू सम्हाल्दै, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सक्रिय रहँदै आएको जानकारी गराउन चाहन्छु।
हाल म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु। यस सम्बन्धमा तपाईंहरूलाई जानकारी भइसकेको होला भन्ने विश्वास लिएको छु।
मेरो यो यात्रा तपाईंहरूको माया, विश्वास र साथबाट सम्भव भएको हो, र यही आत्मबलले मलाई अघि बढ्न प्रेरित गरिरहेको छ।
२०२३–२०२५ कार्यकालको नेतृत्वद्वारा अगाडि सारिएको “नेपाली घर, हाम्रो साझा सपना हो” भन्ने मूल नारालाई आत्मसात् गर्दै, एनआरएनए जापानको “ड्रिम प्रोजेक्ट” अन्तर्गत निर्माणाधीन एकीकृत नेपाली घर तथा बहुसांस्कृतिक केन्द्रलाई सफलतापूर्वक सम्पन्न गर्नु हाम्रो साझा दायित्व हो। यो अवसर मात्र होइन, हामी सबै नेपालीको गौरव र जिम्मेवारी पनि हो।
मैले आदरणीय पुर्व अध्यक्ष शिवप्रसाद पौडेल र बर्तमान अध्यक्ष नवीन निऊरेको नेतृत्वमा विभिन्न भूमिकामा रहेर काम गर्ने अवसर पाएको छु। संस्थाको नेतृत्वमा सधैं विश्वास, सहयोग र सहकार्य गर्दै, कुनै पनि किसिमको नैराश्यता फैलन नदिई सकारात्मक ऊर्जा दिन म प्रयत्नशील रहँदै आएको छु।
अतः अबको यस महत्वपूर्ण यात्रामा पनि तपाईंहरूको अमूल्य विश्वास, मत र समर्थन प्राप्त भई, मलाई उपाध्यक्ष पदमा विजयी गराउने अवसर प्रदान गरिदिनुहुन सादर अनुरोध गर्दछु।
धन्यवाद।
दिलीप कंडेल
उपाध्यक्ष पदका उम्मेदवार
गैरआवासीय नेपाली संघ, जापान

Leave a Reply

Top