स्याङ्जा समाज, कान्साईको अध्यक्षमा सुर्य प्रसाद अर्याल निर्वाचित प्रवास समाचार June 24, 2025June 24, 2025 ओसाका जापान स्याङ्जा समाज, कान्साई क्षेत्रीय समन्वय समितिको अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट २०२५–२०२७ कार्यकालका लागि सुर्य प्रसाद अर्याल समाजको अध्यक्षमा निर्वाचित भएका छन् । समाज, एकता र समृद्ध समुदाय निर्माण गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन भएको छ। उपाध्यक्षमा कृष्ण प्रसाद पाण्डेय र अनन्त राज भट्टराई चयन भएका छन। त्यस्तै, सचिवमा गिरिस ढकाल, सह-सचिवमा अनिल क्षेत्री, कोषाध्यक्षमा अमृत पौडेल, सह-कोषाध्यक्षमा प्रविण भुजेल निर्वाचित भए । सदस्यहरूमा राम न्यौपाने, सुन्दर पाण्डेय, पूष्पराज प्रोखेल, रमेश भण्डारी, रोशन गैर, काजल गुरुङ, कृति गिरि, सुमेना श्रेष्ठ, ईश्वर रानाभाट, सुरज काफ्ले, विनोद पौडेल र शर्मिला खनाल रहनु भएको छ। नयाँ कार्यसमितिले स्याङ्जाली समुदायको हित, नेपाली भाषा–संस्कृतिको संरक्षण र सामाजिक एकता प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनमा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी कार्यकालमा समाजलाई अझ सक्रिय र प्रभावकारी बनाइने निर्बाचित अध्यक्षले बताए ।