Skip to content
Saturday, September 19, 2026
  • ओसाकामा नवलपुर समाज जापान, कान्साईको ‘तीज फेस्टिभल २०२६’ को तयारी पूरा
  • जापानमा नेपाली क्रिकेटको इतिहास रच्दै ओसाका स्टार्स फाइनलमा
  • भोटेकोशी बाढीका दिवंगतहरूको सम्झनामा बिहुँकोट समाज कान्साईले ओसाकामा दीप प्रज्वलन गर्ने
  • ओसाकामा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम सप्पन्न
  • रसुवा बाढीपीडितलाई जापानबाट ठूलो सहयोग, इओनद्वारा ५० हजार अमेरिकी डलर

Deepshree Online

News Portal from Nepal

  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • विचार
  • अन्तर्वार्ता
  • प्रवास
  • विविध
  • साहित्य
    • कथा
    • कविता
    • नाटक
    • निबन्ध
    • नियात्रा
    • परिचय
    • बालकथा
    • बालकविता
    • मुक्तक
    • लेख
    • संवाद
    • संस्मरण
    • हाइकु
    • हास्यव्यङ्ग्य
  • भिडियो
    • खेलकुद
  • खुसी बाँडे खुसी बढ्छ
X
You are here
Home > प्रवास > ओसाकामा भब्य रुपमा सम्पन्न भयो पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४

ओसाकामा भब्य रुपमा सम्पन्न भयो पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४

  • प्रवास
  • मनोरञ्जन
August 2, 2024August 2, 2024

ओसाका, जापान । जापानको ओसाकामा पहिलो पटक नेपाली फेष्टीभल पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ भव्य रुपमा सम्पन्न भएको छ ।हजरौ नेपाली तथा अन्य विदेशी नागरिकहरुको भव्य सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।डिस्कभरी सर्पोटको आओजना,तमाङ समाज जापानको सह आयोजना र ओसाकामा रहेका अन्य संघ संस्थाको सहकार्यमा पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ को आयोजना गरिएको थियो। गैर आवसिय नेपाली संघ एनआरएनए जापानका उपाध्यक्ष कृष्ण गैरेको प्रमुख आतिथ्यता एवं नेपाली दुतावास ओसाकाका कन्सुलर रेउसेकी इमानीसीको विशिष्ट आतिथ्यतामा तथा डिस्कभरी सर्पोटका कार्यकारी प्रमुख सोता मासुईको सभापतित्वमा कार्यक्रम उद्घाटन भएको थियो । नेपाल र नेपालीको पहिचान कला संस्कृतीलाई जापानी समुदायमा चिनाउने उदेश्यले यही जुलाई २७ तारिक शनिबारका दिन भएको उक्त कार्यक्रममा करिब २० ओटा स्टलहरुमा नेपाल, नेपालीको पहिचान सहितका खाना, कपडा, कोसेलीहरुका पसल, नेपालको पर्यटन सम्बन्धी जानकारी दिने स्टल तथा रेमिटेन्स लगायतका अन्य स्टलहरु रहेको आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक लाक्पा दोङले जानकारी दिनु भयो । नेपाली गित संगीत तथा नृत्यमा नेपाली तथा जापानीहरु निकै रमाईरहेका थिए, पहिलो पटक आयोजान भएको उक्त कार्यक्रम कान्साईबासी नेपाली तथा जापानीहरु निकै खुशी भएको कार्यक्रमा सहभागी सेजल गुरुङ ले बताउनु भयो ।

कार्यक्रम डिस्कभरी सपोर्टको आयोजना तथा तामाङ समाज जापान कान्साई समितिको सहआयोजना एवं गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको सर्पोटमा र जापानमा रहेका विभिन्न नेपाली समाजहरुको सहकार्यमा भएको थियो।

कार्यक्रमा त्यसका अलावा नेपाली कला संस्कृती झल्कने खालका नृत्य, गित, संगित तथा विभिन्न मनोरन्जनका खेलहरु नेपाली, जापानी तथा अन्य विदेशीहरुले समेत मनोरञ्न लिएका थिए । त्यसका साथै कार्यक्रममा छिटो मः मः खाने प्रतियोगितामा अर्जुन अधिकारीले जापानी यन २० हजार यन हात पार्न भएको थियो भने पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ को बरेमा भएको स्पीच कन्टेस्टमा मेलिना सिंह ठकुरीले प्रतियोगितामा पहिलो स्थान हात पार्न भई ३० हजार जापानी यन पुरस्कार हात पार्नु भएको थियो । त्यस बाहेक करिब २० जना कार्यक्रममा सहभागिहरुलाई लक्की चिठ्ठा मार्फत विभिन्न उपाहारहरु जित्नु भएको थियो ।

उद्घाटन कार्यक्रमा सामाजिक अभियान्ता नरेन्द्र बस्नेत दिनेश, एनआरएनए जापानका सचिव दिलिप कडेल, एनआरएन कान्साईका संयोजक हरि प्रसाद कडेल, उपसंयोजकहरु टिआर गौडेल भिम काउछा, गल्कोट समाजका अध्यक्ष नरबहादुर थापा, दोलखा समाजका अध्यक्ष अन्जानकुमार बस्नेत, धादिङ समाज जापानका अध्यक्ष दिपक भण्डारी, नेपाली जन प्रगतिशिल मञ्च कान्साइका सचिव कुमार कुवर, बेनी एफसीका ब्यवस्थापक मनोज बानिँया, बेन्तेन्च्यो एफसीका अर्जून श्रेष्ठ लगायतका महानुभावहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उदघोषण पुरुषोत्तम लामिछाने र सरगम घलानले गर्नू भएको थियो ।

 

Post navigation

Previous article
जापानको ओसाकामा पहिलो पटक एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ हुदैंं
Next article
भब्य रुपमा सम्पन्न भयो बिहुँकोट समाज जापान, कान्साईद्वारा आयोजित तिज बिशेष कार्यक्रम

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

Romdom Post

प्लास्टिक झोला प्रतिबन्धमा कडाई गर्ने सरकारको तयारी

Posted on July 26, 2022July 26, 2022

ओसाकामा भोलि हुने महानायक राजेश हमालको प्रेरणादायी कार्यक्रममा तयारी पूरा

Posted on February 16, 2026February 16, 2026

एनआरएनए जापानको आगामी २०१९-२१ को उपाध्यक्ष (क्षेत्रीय प्रतिनिधित्त्व) को लागी नरेन्द्र बस्नेत (दिनेश)को उमेदवारी घोषणा

Posted on August 26, 2019

कास्की पोखरा समाज जापान (कान्साई) द्वारा भव्य तीज दर कार्यक्रम सम्पन्न

Posted on August 18, 2025August 18, 2025
© 2026 Deepshree Online
Powered by WordPress | Theme: AccessPress Mag
Top