You are here
Home > समाचार > सौगात मन्टेश्वरीको चौथों दीक्षान्त समारोह सम्पन्न 

सौगात मन्टेश्वरीको चौथों दीक्षान्त समारोह सम्पन्न 

सौगात मन्टेश्वरीले ४ औं दीक्षान्त समारोह विशेष कार्यक्रम गरी सम्पन्न गरेको छ । चैत्र ३ गते आफ्नै प्राङ्खणमा अभिभावक दिवसको अवसर पारी २७ जना विद्यार्थीहरुलाई दिक्षित गरेको थियो ।
माननिय सांसद राजेन्द्र कुमार केसीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा केसीले जग बलियो भए घर बलियो हुने बताउँदै अवको शिक्षा प्रणाली कलीलो उमेरदेखीनै लागु हुने व्यवहारीक शीक्षा संचालनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै संस्थाकी प्रमुख राज्यलक्ष्मी बैदारले मन्टेश्वरीले निर्धारण गरिएको मापदण्ड भित्र रहेर गुणस्तरीय व्यवाहारीक शिक्षालाई जोड दिइरहेको बताइन् । गत बर्षबाट कक्षा १ संचालन गरेको बताउँदै प्रधानाध्यापक समेत रहेकी बैदारले यो बर्षबाट कक्षा २ पनि संचालन गर्ने बताइन् ।
कार्यक्रममा किर्तिपुर नगरपालिका शिक्षा विभागका प्रमुख दीनानाथ पन्थी,बिशेष अतिथी कृतिपुर वडा नम्बर २ का वडा अध्यक्ष रमेश डङ्गोल,  फोकस नेपालका अध्यक्ष रामचन्द्र पोख्रेल, दीपश्री क्रिएटिभ मिडियाका निर्देशक दिपक लामिछानेको आतिथ्यता रहेको थियो ।
२ देखी ७ बर्ष उमेर समुहका नानीवावुहरुको उद्घोषणमा रमाउँदै १५७ जना बालबालिकाहरुले नेपाली कला संस्कृतिको जर्गेना गर्ने विभिन्न नृत्य प्रस्तुत गरिरहदाँ उपस्थित दर्शकले निक्कै आनन्द लिइरहेका थिए । ३५० भन्दा वढी दर्शकको सहभागीता रहेको कार्यक्रममा विभिन्न संस्थाबाट सहभागी रहेको थियो ।

Leave a Reply

Top