
दीपा कडेल,ओसाका
२४ अप्रिल
क्योतो सिमा सन्चालन भएका ब्यवसायहरु कोरोना भाईरसका कारणले यही मिती २०२० अप्रिल महिनाको १८ तारिक(अप्रिल २५ देखी भए पनी हुने) देखी मेइे महिनाको ६ तारिक सम्म बिदा गरिएका वा बिहान ५ बजे देखि बेलुकी ८ बजे सम्म सन्चालन गरिएको तथा बेलुकी ७ बजे सम्म मात्र मदिराजन्य पदार्थ बिक्री बितरण गरिएको छ भने त्यस्ता ब्यबसायि हरुलाई क्योउटो सिले आर्थिक सहयोग गर्ने भएको छ ।यो आर्थिक सहयोग लिन २०१९ को बिक्री भन्दा २०२० को बिक्री कती घटेको हुनु पर्ने उल्लेख गरिएको छैन ।
हाल सम्म प्राप्त जानकारी अनुसार यो सुबिधा प्राप्त गर्नको लागि क्योउतो सि भित्र सन्चालन भएका जुनसुकै कम्पनी अथवा ब्यवसायले आबेदन दिन पाउने छन । यो नियम परिवर्तन पनि हुन सक्ने छ ।
पछील्लो जानकारीका अनुसार कम्पनीहरुका लागि २ लाख र ब्यक्तिगत ब्यवसायका लागि १ लाख राहत प्रदान गरिने छ ।
यसका लागी २०२० मेइे महिनाको ७ तारिक देखी जुन महिनाको १५ तारिक सम्म आबेदन दिन सकिने उल्लेख गरिएको छ ।
यो प्रक्रियाका लागि कहाँ र कसरी पठाउने भन्ने जानकारी आउन बाँकी छ ।
यसका लागि आवश्यक कागजातहरु
१. आबेदन फाराम वेब साईट मार्फत प्राप्त गर्न सकिने छ ।
२. प्रतिज्ञा पत्र (मैले पठाएका कागजातहरु सहि छन भनी लेखिएको पत्र)
३. २०१९ को ट्याक्स पेपर को फोटो कपि ।
४. क्योतो सि का लागि बिक्री कती घटेको हुनु पर्छ भन्ने उल्लेख गरिएको छैन ।
५. पैसा पठाउने बैंकको विवरण वा कागजातहरु।
६. पसल बिदा गरेको वा बेलुकी ८ बजे सम्म सन्चालन गरेको तथा मदिराजन्य पदार्थ बेलुकी ७ बजे सम्ममात्र बिक्री गरेको जानकारी दिने पर्चा
७. ब्यवसायको दर्ता प्रमाण पत्र ।
८. जाइर्यौ कार्ड को फोटो कपि ।
१०.पसलको नाम उल्लेख गरिएको चिरासी ।
पुनश्चःहरेक स्थानिय तहको अनुदान रकम,आबेदन सुरु हुने मिती,आवश्यक कागजात,आबेदन दिने प्रकृया आदी फरक फरक छन । आफ्नो ब्यवसाय रहेको स्थानको बारेमा बिभिन्न श्रोत मार्फत जानकारी लिनुहोला ।