You are here
Home > प्रवास > ह्योगो केनले सार्वजनिक गर्‍यो ब्यबसायिहरुका लागि आर्थिक राहत प्याकेज

ह्योगो केनले सार्वजनिक गर्‍यो ब्यबसायिहरुका लागि आर्थिक राहत प्याकेज

दीपा काडेल,ओसाका
२४ अप्रिल ,

ह्योगो केनमा सन्चालन भएका ब्यवसायहरु कोरोना भाईरसका कारणले यही मिती २०२० अप्रिल महिनाको १५ तारिक देखी मेइे महिनाको ६ तारिक सम्म बिदा गरिएका वा बिहान ५ बजे देखि बेलुकी ८ बजे सम्म सन्चालन गरिएको तथा बेलुकी ७ बजे सम्म मात्र मदिराजन्य पदार्थ बिक्री बितरण गरिएको छ भने त्यस्ता ब्यबसायि हरुलाई ह्योगो केनमा आर्थिक सहयोग गर्ने भएको छ ।यो आर्थिक सहयोग लिन २०१९ को अप्रिल महिनाको बिक्री भन्दा २०२० को अप्रिल महिनाको बिक्री ५० % भन्दा घटेको हुनु पर्ने छ।

हाल सम्म प्राप्त जानकारी अनुसार यो सुबिधा प्राप्त गर्नको लागि ह्योगो केनमा सन्चालन भएको जुनसुकै कम्पनी अथवा ब्यवसायले आबेदन दिन पाउने छन । यो नियम परिवर्तन पनि हुन सक्ने छ ।
पछील्लो जानकारीका अनुसार कम्पनीहरुका लागि ३ लाख र ब्यक्तिगत ब्यवसायका लागि १ लाख ५० हजार राहत प्रदान गरिने छ ।

यसका लागी आबेदन दिने दिन नतोकिए पनी लगभग २०२० मेइे महिनाको १५ तारिक देखी जुलाई महिनाको १५ तारिक सम्म आबेदन दिन सकिने उल्लेख गरिएको छ ।
यो प्रक्रियाका लागि कहाँ र कसरी पठाउने भन्ने जानकारी आउन बाँकी छ ।

यसका लागि आवश्यक कागजातहरु
१. आबेदन फाराम
२. प्रतिज्ञा पत्र (मैले पठाएका कागजातहरु सहि छन भनी लेखिएको पत्र)
३. २०१९ को ट्याक्स पेपर को फोटो कपि
४. २०२० को अप्रिल महिनाको बिक्री प्रमाणित गर्ने कागजात
५. पैसा पठाउने बैंकको विवरण वा कागजातहरु
६. पसल बिदा गरेको वा बेलुकी ८ बजे सम्म सन्चालन गरेको तथा मदिराजन्य पदार्थ बेलुकी ७ बजे सम्ममात्र बिक्री गरेको जानकारी दिने पर्चा
७. ब्यवसायको दर्ता प्रमाण पत्र

पुनश्चःहरेक स्थानिय तहको अनुदान रकम,आबेदन सुरु हुने मिती,आवश्यक कागजात,आबेदन दिने प्रकृया आदी फरक फरक छन । आफ्नो ब्यवसाय रहेको स्थानको बारेमा बिभिन्न श्रोत मार्फत जानकारी लिनुहोला ।

Leave a Reply

Top