You are here
Home > प्रवास > ओसाका प्रीफेक्चार द्वारा ब्यबसायीलाइ राहतको घोषणा

ओसाका प्रीफेक्चार द्वारा ब्यबसायीलाइ राहतको घोषणा

-दीपा कडेल

ओसाका फु मा सन्चालन भएका ब्यवसायहरु कोरोना भाईरसका कारणले यही मिती २०२० अप्रिल महिनाको १४ तारिक (२१ तारिक बाट भए पनि हुने) देखी मेइे महिनाको ६ तारिक सम्म बिदा गरिएका वा बिहान ५ बजे देखि बेलुकी ८ बजे सम्म सन्चालन गरिएको तथा बेलुकी ७ बजे सम्म मात्र मदिराजन्य पदार्थ बिक्री बितरण गरिएको छ भने त्यस्ता ब्यबसायि हरुलाई ओासाका फु ले आर्थिक सहयोग गर्ने भएको छ ।यो आर्थिक सहयोग लिन २०१९ को अप्रिल महिनाको बिक्री भन्दा २०२० को अप्रिल महिनाको बिक्री ५० % भन्दा घटेको हुनु पर्ने छ।यद्यपि २०२० को मार्च महिना बाट सन्चालन भएका ब्यबसायिले पनि यो सुबिधा प्राप्त गर्ने छन।
पछील्लो जानकारीका अनुसार कम्पनीहरुका लागि १० लाख र ब्यक्तिगत ब्यवसायका लागि ५ लाख राहत प्रदान गरिने छ ।यसका लागि आगामी अप्रिल २७ देखी प्रकृया थाल्न सकिने ओसाका फुले आफ्नो वेब साइट मार्फत जानकारी गराएको छ।

यो प्रक्रियाका लागि ओसाका फुको वेब साइट तथा हुलाक मार्फत आबेदन दिन सकिने छ ।यद्यपि हुलाक मर्फत कहाँ र कसरी पठाउने भन्ने जानकारी आउन बाँकी छ ।

यसका लागि आवश्यक कागजातहरु
१. आबेदन फाराम
२. प्रतिज्ञा पत्र (मैले पठाएका कागजातहरु सहि छन भनी लेखिएको पत्र)
३. २०१९ को ट्याक्स पेपर को फोटो कपि
४. २०२० को अप्रिल महिनाको बिक्री प्रमाणित गर्ने कागजात
५. पैसा पठाउने बैंकको विवरण वा कागजातहरु

पुनश्चःहरेक स्थानिय तहको अनुदान रकम,आबेदन सुरु हुने मिती,आवश्यक कागजात,आबेदन दिने प्रकृया आदी फरक फरक छन । आफ्नो ब्यवसाय रहेको स्थानको बारेमा बिभिन्न श्रोत मार्फत जानकारी लिनुहोला ।

Leave a Reply

Top