You are here
Home > मनोरञ्जन > उपत्यकाव्यापी रियालिटी शो ‘लेट्स डान्स’ को चौथो संस्करणको विजेता दीपिका मगर

उपत्यकाव्यापी रियालिटी शो ‘लेट्स डान्स’ को चौथो संस्करणको विजेता दीपिका मगर

 काठमाडौं । अमरकला केन्द्रद्वारा आयोजित काठमाडौं उपत्यकाव्यापी ‘लेट्स डान्स’ को चौथो संस्करणको विजेता  दीपिका मगर भएकी छिन् । काठमाडौको राष्ट्रिय नाचघरमाचार सय जना सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै मगरले नगद पचासहजार, ट्रफि, सिल्डमेडल र प्रमाणपत्र हातपारेकी हुन । प्रतिनिधिसभा संसद रामकुमारी झाँक्रिको प्रमुख आतिथ्यमा कलाकारद्वय महेश गोदार र प्रशान्त तामाङ्ग निर्णायक रहेको उक्त प्रतियोगिताम ाफस्ट रनर अप सगुन श्रेष्ठ, सेकेन्ड रनर अप सन्जु तामाङ्ग, थर्ड रनर अप प्रसन्ना पराजुली, फोर्थ रनर अप रश्मी विष्टले क्रमवद्ध पच्चीसहजार, पन्ध्रहजार र थर्ड रनरअप र फोर्थ रनरअपले क्रमश पाँच पाँच हजारको चेक सहित तक्मा, शिल्ड, प्रमाणपत्र प्राप्त गरेका थिए ।
उपत्यकाको तिन सय भन्दा बढी विद्यालयका साथै विभिन्न ठाउँमा नृत्य प्रशिक्षण गराउँदै आएको अमरकला केन्द्रले बालबालिकाहरुको यो प्रतिभाहरुलाई एउटा मञ्च आवश्यक महसुुस गरी लेट्स डान्सको परिकल्पनागरिएको बताउँदै लेट्स डान्सकानिर्देशक राजश्रेष्ठले सिजन १ देखी ४ सम्म आउँदा हजारौले आफ्नो प्रतिभालाई मञ्च सामु प्रस्तुत गर्न सफल भएको बताए ।                                      प्रतियोगितामा बोल्दै गोल्डेन पिकहाई स्कुलका प्रधानाध्यापक छत्रमनी राईले यस्तो प्रतिस्पर्धाले विद्यार्थीमा क्षमता र आत्मविश्वास बढ्दै जाने बताए । बालबालिकाको प्रतिभालाई प्रस्फुटन गराउने एउटा राम्रो मञ्च भइरहेको बताउँदै लेट्स डान्सका प्रमुख सल्लाहाकार कला राईले अर्को संस्करणको तुरुन्त तयारी भइरहेको समेत बताइन् । चौथो संस्करणका सेमिफाइनलसम्मका निर्णायकमा राज श्रेष्ठ, रुपेश राज राना मगर र तितिक्षा मगर रहेका थिए । चर्चित बेलि डान्सर विनु शाक्यको डान्समा झुमेका दर्शकको सहभागीतामा संचारकर्मी तथाचर्चित होस्ट दीपक लामिछानको प्रस्तुतीमा निक्कै रमाएका थिए ।

Chat Conversation End

Leave a Reply

Top