You are here
Home > विविध > लैङ्गिक हिंसा नियन्त्रणमा फर्पिङ प्रहरी सकृय

लैङ्गिक हिंसा नियन्त्रणमा फर्पिङ प्रहरी सकृय

विष्णु कुमारी तामाङ
चैत,२८ फर्पिङ,
लैङ्गिक हिंसा नियन्त्रणका लागि फर्पिङ इलाका प्रहरी कार्यलय फर्पिङले विभिन्न पहलहरु चालेका छन् । लैङ्गिक हिंसा सम्बन्धी विभिन्न गोष्ठी,सेमिनारहरु सञ्चालन गरिसकेको प्रहरी समितिले नगर स्तरिय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति समेत गठन गरि  पहिलो बैठक सञ्चालन गरेको छ ।
सामुदायिक प्रहरी समितिका प्रमुख श्याम बहादुर  खत्रीको  अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा फर्पिङ इलाका प्रहरी प्रमुख राजाराम खड्काले  लैङ्गिक हिंसा, यसको कारण र न्यूनीकरण लगयत सञ्जालको काम,कर्तव्य र अधिकार सम्वन्धी आफनो प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रमका विशेष अतिथि दक्षिणकाली नगरपालिकाका कार्यकारी प्रमुख चन्द्र प्रसाद गैरेले  प्रहरी लगायत सम्पूर्ण जनप्रतिनिधिहरु समेत लागि पर्नुपर्ने र पत्रकारहरुले लैङ्गिक हिंसा नियन्त्रण संग सम्वन्धीत सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले एकदम प्रशंसनीय काम गरेकोमा समुदाय प्रहरी समितिलाई धन्यबाद सहित आवश्यक परेको ठाउमा सहयोग समेत गर्ने प्रतिवद्धता गर्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख वसन्ती तामाङ ढिंगोल, वडा अध्यक्षहरु, समुदाय प्रहरी समितिका सल्लाहाकार लगायत विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Top