You are here
Home > प्रवास > क्योदाइ-आइएमइ बोनस पोइन्ट योजनाबाट लाभान्वित हुने क्रम बढ्दो

क्योदाइ-आइएमइ बोनस पोइन्ट योजनाबाट लाभान्वित हुने क्रम बढ्दो

क्योदाइ रेमिट्यान्स तथा आइएमइले सन्चालन गरिरहेको बोनस पोइन्ट योजना अन्तर्गत पछील्लो परिणाम जनावरी महिना २०१८ को लक्की ड्र गरिएको छ । क्योदाइ आइएमइले आफ्ना सेवाग्राहीका प्रत्येक कारोबारमा बोनस पोइन्ट प्रदान गर्ने गरेको छ र २० वा २० पोइन्ट भन्दा माथि बोनस पोइन्ट हुने सेवाग्राहीहरु लाई ४ समुह ( समुह १ – २० देखी ३९, समुह २- ४० देखी ५९, समुह ३- ६० देखी ९९ र समुह ४- १०० र त्यो भन्दा बेसी ) मा बिभाजन गरेर मासिक रुपमा समुहगत लक्की ड्र हरु सन्चालन गर्दै आइरहेको छ ।

यो योजना २० सेप्टेम्बर २०१७ देखी शुरु भएको र ३१ मार्च २०१८ सम्म लागु रहने कम्पनिले जनाएको छ  योजना शुरुभए यता ६ जनाले ल्याप्टप, २० जनाले हेडफोन तथा ८ जनाले ट्याबलेट प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । योजना मुताबिक पछील्लो परिनाम् जनवरी महिनामा कारोबार गर्नुहुने समुह १ ( बोनस पोइन्ट २० देखी ३९ पोइन्ट सम्म ) र समुह ३ ( बोनस पोइन्ट ६० देखी ९९ पोइन्ट सम्म ) का सेवाग्राहीहरु मध्येबाट लक्की ड्र मार्फत बिजेताको छनौट गरिएको थियो । समुह १ अन्तर्गतको लक्की ड्र मार्फत ५ भाग्यशाली सेवाग्राहीले वायरलेस हेडफोन तथा १ जनाले ल्यापटप र समुह ३ को लक्की ड्र मार्फत २ जनाले ट्याबलेट प्राप्त गर्नुभएको छ ।

वायरलेस हेडफोन बिजयी सेवाग्राहीहरु: कन्ट्रोल नम्बर- ९४९६३८६७०१३ का दराइँ बिमल कन्ट्रोल नम्बर- ९०८०४८३७५२८ का शाही ख्यामराज कन्ट्रोल नम्बर- ९४९६१६४४००३ का तिमील्सिना रक्षा कन्ट्रोल नम्बर- ९४९६७१४४४०२ का खड्का सिता कन्ट्रोल नम्बर- ९०८०१३२०८७५ का अर्याल बालकृष्ण ट्याबलेट बिजयी सेवाग्राहीहरु: कन्ट्रोल नम्बर- ९४९६१६०६२९४ का घिमिरे तेज बहादुर कन्ट्रोल नम्बर- ९४९६६२८५३५० का खड्का जयराम ल्यापटप बिजयी सेवाग्राही: कन्ट्रोल नम्बर- ९०८०७८३१६६८ का लामा कल्पना नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी ‘आइएमइ’ क्योदाइ रेमिट्यान्सको नेपालका लागि भुक्तानी पार्टनरको रुपमा रही आएको छ ।

Leave a Reply

Top