You are here
Home > प्रवास > जापान खप्तडि बस्नेत परिवार गठन

जापान खप्तडि बस्नेत परिवार गठन

परिवार एकता आजको आवश्यकता भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै नेपालको बिभिन्न भाग बाट बिभिद उद्देस्य लिएर जापानभरी छरिएर कर्म गरिरहेका खप्तडि बस्नेतहरु एकत्रित भएका छन ।
जापानमा लामो समय देखी बस्दै आउनु भएका डा.कुमार बस्नेत,एन.आर.एन जापान सल्लाहाकार नरेन्द्र बस्नेत( दिनेश), प्रबक्ता पर्शु बस्नेत, सफल ब्यबसायी ध्रुब बस्नेतको अभिभाबकत्त्व हुने गरी जापान खप्तड बस्नेत परिवार गठन गरिएको जानकारी प्राप्त भएको छ्। टोक्योको सोल्मारी मुरा हलमा एक कार्यक्रमको बिच जापान भर छरिएर रहेका बस्नेत परिवार लाई एक गर्दै जापान खप्तडि बस्नेत परिवार गठन गरिएको हो ।
दिन प्रतिदिन बिभिन्न उद्देस्यले संघ संस्था बढ्दै गरेको अबस्थामा हाम्रो उद्धेश्य अरु केही नभएर खप्तड बस्नेत हरुको परम्परा सस्कृति जगेर्नाको साथमा पारिवारिक एकता भन्ने मुल उद्धेश्यका साथ समाज र राष्ट्र लाई हित हुने काम गर्ने रहेको यसका महासचिब मगेन्द्र बस्नेतले जानकारी गराउनुभयो।
महासचिब बस्नेतले यो सिमित तयारीको बाबजुद गठन गरिएको हुनाले धेरै भन्दा धेरै बन्धुहरु माझ जानकारी नपुगेको अबस्था को हामीले अनुभुत गरेको हुनाले यस् जानकारी लाई आधार बनाउदै जापान भरी छरिएर रहनु भएका सम्पूर्ण बन्धु हरुलाई यसमा जोडीन अनुरोध गर्नु भएको छ्।
भेलाले आबस्यकता अनुसार बिस्तार गर्दै लाने गरी तपशिल बमोजिमका माहानुभाब रहनु भएको कार्यसमिति गठन गरेको छ।
संरक्षक :डा.कुमार बस्नेत
सल्लाहाकर : नरेन्द्र बस्नेत( दिनेश)
ध्रुब बस्नेत
पर्शु बस्नेत
अध्यक्ष :नरेस बस्नेत
उपाध्यक्ष :बिकास बस्नेत
महासचिब :मगेन्द्र बस्नेत
सचिब :सञ्जय बस्नेत
कोषाध्यक्ष :आशिका बस्नेत
सदस्य :उज्वल बस्नेत
सुनिल बस्नेत
बिकास बस्नेत
देबराज बस्नेत
धनु बस्नेत

Leave a Reply

Top