You are here
Home > प्रवास > नेपाल जापान डाईलग सिरिजको चौथो शृंखला टोकियोमा सम्पन्न

नेपाल जापान डाईलग सिरिजको चौथो शृंखला टोकियोमा सम्पन्न

समृद्ध नेपाल अभियानमा सघाउन डायस्पोरामा रहेका विज्ञहरुको सुझाव संकलन गर्न नेपाल जापान डाईलग सिरिजको चौथो शृंखला टोकियोको जाइका हलमा सम्पन्न भएको छ । जापानमा रही विभिन्न क्षेत्रमा कार्यरत प्राग्यिक नेपालीहरुको आयोजना,नेपाली राजदूताबास जापानको सहयोग र क्योदाई रेमिट्यान्सको(अाइएमई) प्रायोजनमा कार्यक्रम जाइका हलमा भएको हो
नेपालमा वढ्दै गएको सुचना,सञ्चार र प्रविधिको अवस्था विषयमा अन्तरक्रिया गरियको र प्राप्त सुझावको निचोड राजदूतावासको सहयोग मार्फत नेपाल सरकारको सम्वन्धित ठाउँहरुमा बुझाउने कार्यक्रम रहेको आयोजकले जानकारी गराएको थियो ।
कार्यक्रमलाई डा.कुमार वस्नेतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा टोक्यो अन्तराष्ट्रिय विश्वविध्यालयका भाईस प्रेसिडेन्ट डक्टर जय राज सेकारा , रिसर्चर डक्टर यासुनोरि ओवादा ,डाक्टर बेद काफ्लेले सुचना,सञ्चार र प्रविधिसंग सम्बन्धित बिषयमा नेपाल तथा जापानको बर्तमान अबस्था र संभावनाको बिषयमा बोल्नु भएको थियो । त्यसै गरि आइटिमार्फत मौसम सम्बन्धि जानकारीको बारेमा कोजि किनोउचि , इन्टरनेट मार्फत बिध्यार्थीलाई अध्यापन गराउने बिषयमा ताईसुके फुकुनो र नेपालको आफ्नै पहिलो सेटेलाईट अन्तरिक्षमा पठाउनु भएका आभास मास्के लगायतले आफ्नो बक्तब्य राख्दै सहभागिको जिज्ञासाको सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रम राजदुत प्रतिभा राणाको आतिथ्यता,उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको अध्यक्षता तथा प्रोफेसर नेत्र प्रकाश भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
जापानमा सुचना सञ्चार र प्रविधिको क्षेत्रमा कार्यरत नेपाली तथा जापानी विज्ञहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा नेपालको आइटी सेक्टरसंग सम्बन्धित सञ्चार,सुचना र प्रविधिको सेवा प्रणालीको विभिन्न माइक्रो तथा म्याक्रो लेभलका बिषयमा छलफल भएको थियो ।

Leave a Reply

Top