You are here
Home > प्रवास > जापानमा आफ्नो छुट्टै पहिचान बनाउदै डाइमण्ड बिरियानी

जापानमा आफ्नो छुट्टै पहिचान बनाउदै डाइमण्ड बिरियानी

– पुरुषोत्तम लामिछाने ,ओसाका 

तपाईं जापानमा हुनुहुन्छ र तपाईंलाई वास्तविक हैदराबाद बिरियानी मन पर्छ अनी खान चाहनु हुन्छ भने ओसाकाको उमेदा नजिकै रहेको नाकाचु भन्ने ठाउँमा सन्चालित डाइमण्ड बिरियानीमा पुग्नु भयो भने तपाईंको चहाना पुरा हुनेछ ।बाहिरबाट हेर्दा सामान्य सानो छाप्प्रो जस्तो देखिने रेस्तुरेन्टको बाहिर नेपाली भाषामा हिरा बिरियानी भनेर लेखिएको छ । भित्र पस्ने बित्तिकै केही कुर्सी देखिन्छ । भित्तामा हेर्नु भयो भने तपाईं हामीले नाचिनेका पुराना राजा माहाराजाहरुका श्याम श्वेत तस्बिर देख्नु हुनेछ। बिरियानी पसलमा पुराना राजा माहाराजाको तस्बिर देख्दा यस्तो किन भनेर उत्सुकता पलाउन सक्छ । वास्तबमा बिरियानी कुनै समयमा राजा माहाराजाहरुको पहुँच भित्रको खानेकुरा थियो ।
तर अहिले समय फेरिएको छ । बिशेष गरी ईरान बाट सुरु भइ पाकिस्तान हुँदै इन्डिया पुगेको बिरियानी अहिले नेपाल लगायत संसार भर खान पाइन्न्छ । त्यसोत जापानमा रहेका ईण्डियन तथा नेपाली पसलहरुमा पनि बिरियानी नपाईने होइन तर डाइमण्ड बिरियानीको बिशेषता भने अली बेग्लै छ ।
यहाँको बिशेषता भनेको यहाँ केबल हैदराबाद बिरियानी मात्र पाइन्न्छ । १२ बर्ष अघी जापान आएर बिगत ८ बर्ष देखि ईण्डियन तथा नेपाली खना सँग सम्बन्धि आफ्नै ब्यवसाय  संचालन गर्दै आउनु भएका युवा ब्यबसायी खिम प्रसाद गैरे र जापानी नागरिक ओकुयामा ओकुयमा कोहेइटोनि (Okuyama koheitony)को संयुक्त लगानिमा सन २०१६ को डिसेम्बेरमा डाइमण्ड बिरियानी सुरु गरिएको संचालक खिम प्रसाद गैरेले जाकारी दिनुभयो । जापानीहरुले एउटै पसलमा बिबिध खानेकुरा भन्दा एउटै पसलको एउटै बिशेष कुरालाई मन पराउने भएकोले आफुहरुले बिरियानी मात्र बिशेष बनाउन खोजेको उहाँको भनाइ छ । जापानमा बिरियानीको मात्र ब्यवसाय सम्भाबना अध्ययन गर्न मात्र तीन बर्ष लागेको गैरेले बताउनु भयो ।जस्का लागि जापानको बिभिन्न ठाउँ पुग्नुका साथै संचालक मध्यका एक कोहेइटोनि (koheitony)ले भारतको हैदराबाद बाट बिरियानीको बिषयमा अध्ययन समेत गरेर आउनु भएको छ । हाल चिकेन, मटन तथा फिश बिरियानीको परीकार नियमीत पस्किदै आएको डाइमण्ड बिरियानीले मौसम अनुसारको बिरियानी पनि पस्किने गरेको सेफ अर्जुन सापकोटाले बताउनु भयो ।
ग्राहकको अडर आइसके पछि बिरियानी बनाउने बिशेष किसिमको भाडामा दम गरेर स्पाइसीको प्रयोग गरी बिरियानी बनाइने र साथमा काजु, फ्राइ गरेको प्याज, स्लाइस कट प्याज ,मिन्टस, कुचुम्बर, आन्डा,राइताको साथमा खुर्सानी सहितको स्वादिष्ट पारीकार डाइमण्ड बिरियानीमा खान सकिन्छ ।मौखिक प्रचारकै कारण बिरियानी खानकै लागि जापानका बिभिन्न शहर बाट ग्राहक आउने गरेको र हाल नेपाली ग्राहकको रुची पनि बड्दै गइरहेको ब्यबसायी गैरेको भनाइ छ ।
एउटै कुरालाई बिशेष बनाएर पनि ब्याबसाय संचालन गर्न सकिने गैरेको अनुभब छ । डाइमण्ड बिरियानीले बिभिन्न ठाउँमा साखा खोल्ने योजना बनाएको संचालक ओकुयमा कोहेइटोनि(Okuyama koheiton)ले बताउनु भयो । हैदराबदमा बसेर आएका जापानीले समेत डाइमण्ड बिरियानीको प्रसंसा गरेको सेफ सापकोटाले बताउनु भयो ।धेरै पसलमा बिरियानी खाँए तर डाइमण्ड बिरियानी फरक र बिशेष रहेको जापनी नागरिक सिन्निची यामामोतोको भनाइ छ। लामो अध्ययन र समय लागाएर आत्मबिश्वासका साथ संचालन गरेको ब्याबसाय बाट आफुहरु संतुष्ट रहेको गैरेले प्रतिकृया दिनुभयो ।

Leave a Reply

Top