You are here
Home > प्रवास > जोखिममा छन जापानमा नेपाली रेस्टुरेन्ट ब्यवसायहरु

जोखिममा छन जापानमा नेपाली रेस्टुरेन्ट ब्यवसायहरु

नरेन्द्र बस्नेत दिनेश

नेपालीहरु अहिले संसारको अधिकतम देशमा रोजगारी तथा अध्ययनको सिलसिलामा गइरहेका छन जुन क्रम घट्ने भन्दा पनि तिब्र रुपमा बढ्दो छ।
जापानमा नेपालीहरु कैले देखि कसरि आउन थाले भनेर ठोकवा गर्न कसैले नसके पनि केहि तथ्य हरुलाई आधार मान्ने हो भने प्रधानमन्त्री देब शमशेर राणाको पालामा १९०२ सालमा आठ नेपाली युवाहरु तत्कालिन नेपाल सरकारको छात्रबृतिमा बिभिन्न विधामा अध्ययनको शिलशिलामा नेपाल बाट अप्रिल मा हिडेर जून १७,१९०२ मा पानि जहाज मार्फत टोक्योको योकोहामामा उत्रेको र तिनी नेपाली हरुनै जापान टेक्ने पहिलो नेपाली भनिएको छ।
संसारको अति बिकशित देश मध्येको एक देश जापानमा पनि नेपाली हरुको संख्या २०१० देखि अत्यन्तै तिब्र गतिमा बढेको आंकलन गरिएको छ। यकिन डाटा राजदुताबास संग नभए पनि हाल जापानमा नेपालीहरुको संख्या झन्डै ७०,००० काटिसकेको आंकलन गरिएको छ। जसमा अधिकतम रेस्टुरेन्ट ब्यबसायमा र त्यसपछि बिद्यार्थीको संख्या भएको अनुमान गरिन्छ। बग्रेल्ती बिद्यार्थी भिषामा आएका हरु मध्ये कतिपय आफ्नो अध्ययन अनुरुप रोजगारीमा लागेका छन् भने कतिपय ब्यापार तिर लागेका छन् जसमध्ये अधिकांश रेस्टुरेन्ट ब्यबसायमा आबद्ध भएको बुझिन्छ।
नेपालीहरु गएका अधिकांश देशहरुको तुलनामा अन्य देशमा भन्दा जापानमा आफ्नै व्यवसाय गर्ने हरुको संख्या उल्लेख्य रहेको छ जुन हामी नेपालीको लागि गौरवको विषय हो। केहि बिकशित देशहरुको तुलनामा जापान सरकारको ब्यबसायिक नीति केहि हद सम्म लचिलो भएकोले गर्दा पनि धेरै लाइ थोरै लगानी र निम्न तयारीमा पनि ब्यापार गर्न सजिलो भएकोले ब्यबसाय तिर मान्छेहरु बढी लगाब राखिएको देखिन्छ। जापान थोरै पुंजीमा व्यबसायी वन्नको लागी पनि उर्बर देश हो ।सुरुवातीको दुइ बर्ष करमा छुट,व्यवसायको योजना धितो राखी सरल कर्जा थोरै ब्याज दरमा उपलव्ध गराउनु यसका केहि उदाहरण हुन।पछिल्लो समय जापानका लगभग प्रत्येक रेल स्टेशनमा अझ भनौ गल्ली गल्लीमा प्राय नेपाली,इन्डियन रेष्टुरेन्ट लेखेको बोर्ड र दुवै देशका झण्डा देख्न पाइन्छ । नेपालीहरुको चाप बढे संगै अन्य नयाँ व्यवसायहरु जस्तै रियल स्टेट, कपडा पसल,तरकारी पसल सुपर मार्केट,रेमिटान्स लगायत का ब्यबसायमा पनि नेपाली हरुको उपस्थिति देखिन थालिएको छ तर यती भन्दैमा सन्तोष गरीहाल्ने ठाँउ भने छैन। किनकी अहिले प्राय जसो व्यवसाय अत्यन्तै दयनीय अबस्थामा चलिरहेका छन ।यसका प्रमुख कारणहरु हामी आफै हौ । यस्तो संभावना भएको देशमा रहेर पनि हाम्रै कमजोरीको कारण यो अवस्था अाएको भन्दा अत्युक्ति नहोला ।
किन भटाभट बन्द हुदैछन त नेपाली इन्डियन रेस्टुरेन्टहरु?
नेपालीहरु गएका मध्ये बिकशित देश हरुको तुलनामा जापान मात्र यस्तो देश होला जहाँ शैक्षिक योग्यता भन्दा सम्बन्धित क्षेत्रको प्राबिधिक ज्ञान लाइ बिशेष प्राथमिकता दिइन्छ जसको फलस्वरूप सामान्य लेखपढ मात्र गर्न सक्ने मान्छे यदि उ संग कुनै रेस्टुरेन्ट अथवा होटल मा दस बर्षको भन्दा माथि पाकन कलामा अनुभब छ भने उसले सजिलै संग जापानको लागी कुक भिसा अर्थात् वोर्किंग भिसा प्राप्त गरेर जापान आउन सक्छ यद्दपि यसका लागि अन्य केहि आबस्यक कागज हरु मिलाएर प्रक्रिया पुर्याउन जरुरि भने छ।आफ्नो स्वार्थको लागि जस्तो पनि कागज बनाउन सकिने देश नेपालको कमजोर प्रसासन र बढ्दो बेरोजगारी ले बिदेसिन बाद्य भएका नेपाली हरुको लागि रोजगारीको गतिलो गन्तब्य बन्यो कागज बोल्ने देश जापान अनि यहि जापानको लचिलो र उदारिलो नीति लाइ भजाउन सजिलो भयो केहि ब्यबसायी हरुलाई र उनीहरुले सुरु गरे नक्कली कुक हरुको भर्ति केन्द्रको रुपमा आफ्नो रेस्टुरेन्ट हरुलाइ र यो व्यवसायलाई(यद्दपि यो सबैमा लागु नहुन पनि सक्छ तर अधिकांस भने यस्तै छ) जसले गर्दा जापान सरकारले विश्वास गरेर भित्र्याएको अधिकांस कागजमा मात्र सिमित भएका कागजी दक्ष कामदार ब्यबहारिक रुपमा जिरो लेभलका भए।
सामान्यतय कुनै पनि देशबाट जापानमा कामदार मगाउदा खेरि तलब सुबिधा लगायतका कुरा हरुको साथमा सम्बन्धित देशमा लाग्ने भिषा शुल्क र टिकट खर्च पनि यता बाट नै कम्पनि ले व्यहोर्ने कुरा स्वभाबत हुन्छ तर नेपाली हरुको लागि भने नेपाल बाट आउने संग नै उल्टै व्यक्ति पिच्छे १०,१२ लाख लिएर मात्र बोलाउने कुरा सामान्य भयो र यो केहि मानब तस्करहरुको लागि आम्दानि को दरिलो श्रोत बन्यो।पढाई लेखाइ जिरो भए पनि १० बर्षको अनुभबको कागज बनाएर केहि आबस्यक प्रक्रिया मिलाएको खण्डमा भिसा तुरुन्तै दिने अनि आफु आएपछि श्रीमती,सन्तान हरुलाई पनि ल्याउन पाइने राम्रा पक्ष हरुले गर्दा बेरोजगारी र देशको घृणित राजनीति बाट वाक्क भयका हरुको लागि यो राम्रो गन्तब्य हुन पुग्यो,यसरि आउने क्रमले बिकराल रुप लिदै गर्दा अधिकांस कुक बोलाएर छिट्टै धनि हुने सुरमा अथवा बिबिध बाध्यताले ब्यापारी बनि टोपलेका हरुको संख्या बढ्न गयो र त्यो क्रम अझै पनि चलि रहेको छ।

यसका सकारात्मक र नकरात्मक दुवै पाटो हरु छन् जस्तो मलाइ लाग्दछ। सकारत्मक पाटो को रुपमा लिनु पर्दा देसको ओरालो लाग्दो स्थिति बाट वाक्क दिक्क भैसकेका बेरोजगार हरुको लागि सजिलो रोजगारीको माध्यम बन्यो र मानब तसकारी नै भने पनि यसले रोजगारी सिर्जनामा सहयोग गर्यो, बिबिध परिस्थिति ले जापान बस्ने उपाय नहुनेहरूको लागि पनि बिजिनेस भिषा बनाएर जापानको बसाइ लम्ब्याउने सजिलो माध्यम बन्न गयो रेस्टुरेन्ट ब्यबसाय। यस्तै केहि नकारात्मक पक्षको रुपमा जापानको लचिलो नीतिको सदुपयोग गर्दै रेस्टुरेन्ट व्यवसायमा होमिएका अथवा कूक को रुपमा सजिलै भित्रिएकाहरुको संख्या दिन प्रतिदिन बढ्ने क्रममा सबन्धित विषयका अदक्ष कामदार हरुको संख्या उल्लेखनिय हुन थाल्यो। गुरु अनुसारको चेला भनेजस्तै पुराना र केहि जानियेका भनेका अधिकांश को उद्देस्य नै राम्रो र उत्कृस्ट सर्भिस दिने गरि रेस्टुरेन्ट खोल्ने भन्दा पनि कसरि हुन्छ भटाभट रेस्टुरेन्ट खोल्ने र नेपाल बाट मोटो रकम मा जस्तो भएपनि कूक मगाउने तिर बढी केन्द्रित हुदै गयो सानो तिनो खर्चमा खोलेको रेस्टुरेन्ट भयो भने १,२ जना कूक ल्याउदा लिएको पैसाले रेस्टुरेन्ट को लगानी पनि मजाले उठ्ने अनि व्यापार भैहालेको अबस्थामा आम्दानीको श्रोत पनि बढ्ने, त्यतिले मात्र नपुगेर सुरुवातिका केहि समयहरुमा त कतिपयले कूक भिषा भएका हरुको परिवार बच्चा बच्ची बोलाउन पाउने नैसर्गिक अधिकार लाइ पनि हनन गर्दै मोटो शुल्क लिएर मात्र परिवार बोलाइदिने काम गरेर चरम शोषण गरि आफु समृद्ध हुने काम गरे भने कतिपयले जापानी हरु अथवा इन्डियन, पाकिस्तानी,बंगाली लगायतका हरुले संचालन गरेका रेस्टुरेन्ट हरुमा समेत नेपाल बाट कूक भिषामा मान्छे मगाएर अर्थिकोपार्जन गरे (यद्दपि यो सबैमा लागु नहुन पनि सक्छ) यसरि मगाउने हरुले बाट पाएको शिक्षा नै केहि हद सम्म गलत भएको कारणले गर्दा धेरै को उद्देस्य त्यस्तै क्रियाकलापहरुको देखासिखी गर्ने अथवा भनौ आएको केहि बर्ष बित्न नपाउदै जापानको भाषा संस्कृति र सम्बन्धित बिषयको यथेस्ट ज्ञान नलिईकन नै तुरुन्तै साहुजी भएर मान्छे ल्याउने मानसिकता को ब्रिदी अत्यधिक हुदै गयो, परिणाम आएका हरुले भने अनुरुप रकम नपाउने,तोकिएको समयमा तलब नपाउने,आउने बेलाका सम्झौता हरु र यहाँ आइएसके पछिका वास्तविकतामा जमिन आसमान को फरक हुने खालका घटना हरु ब्रिदी हुदै गए जसको कारण राम्रो र उत्कृस्ट सेवा दिदै ब्यबसाय गर्ने ब्यापारी हरु लाइ र प्रत्यक्ष या अप्रत्यक्ष रुपमा देशलाई पनि केहि असर पर्दै गयो।
यसरि देशको परिस्थिति र बिबिध कारणले रेस्टुरेन्ट ब्यबसायमा होमिएका र होमिए पनि ब्यबस्थित र दुरगामी सोचले व्यवसायलाई अगाडी बढाउन नसकेका कच्चा व्यपारीहरुको संख्या थपिदै गयो । यसो भन्दै गर्दा अपवाद वाहेक धेरै जसो व्यपारीहरु लहड र देखासिकीको भरमा भएको बर्तमान परिस्थिति छ भन्दा पनि फरक पर्दैन । जापान थोरै या सिमित पुंजीमा व्यबसायी बन्न चाहने हरुको लागी उर्बर देश हो । सुरुवातिका दुइ बर्ष कर छुट,व्यवसायको खुलस्त योजना सहित धितो राखी सरल कर्जा थोरै ब्याज दरमा उपलव्ध गराउनु यसका राम्रा उदाहरण हुन ।अझै यहाँका मानिसहरुको सहयोगी भाबना पनि अर्को बलियो पाटो हो। उत्कृस्ट कर संकलन गरेर राज्यलाई ठुलो भर थेग हुदै अगाडी बढेको यो अतिबिकषित देशले ठुला ब्यापारीलाई जस्तै साना तथा नया लाइ पनि त्यतिकै सम्मानका हिसाबले हेर्ने उत्कृस्ट परम्परा पनि अर्को राम्रो पक्ष बन्न गयो।
उठान गर्नु पर्ने बिषयहरु धेरै भए पनि केहि प्रमुख बिषय उठान गर्दै गर्दा हामीहरुमा आबस्यक दक्षताको कमी,आबस्यकता भन्दा बढी देखासिकी, आफु आफु हरु बीच इर्ष्या,गर्न लागेको बिषयमा आबस्यक ज्ञान बटुलेर भन्दा अधिकांश लहै लहै मा लाग्ने अथवा बाद्यताले गरेको भए पनि समबन्धित बिषयको नितान्त आबस्यक ज्ञान आर्जन नगरी हतार गर्ने खालको प्रवृतिले गर्दा धेरैको लगानी जोखिममा पर्दै गएको अवस्था छ। कसैको रेष्टुरेन्ट राम्रो चलेको देखेमा सके अाफै नत्र कोही आफन्त साथी भाइ लाइ उक्सायर नजीकमा खोल्न लगाउने सके आफु सप्रने नभए पहिले भएको लाइ पनि विगार्नेमा कुनियत मा मात्रै बढी दिमाख घुमाउने संस्कृति को बिकाश बढी भयो। त्यस्तै कसैले नयाँ किसिमको व्यवसाय गरेर सफल हुन लागेको देखेमा सके आफुले पनि गर्ने नभए त्यसलाई कसरि विगार्ने भन्ने प्रवृति पनि केहि हद सम्म बढ्दै गयो। २०१७ को सुरुवाती बाट कूक भिसामा केहि हद सम्म कडाइ गर्दै आएको र आबेदन दिएका मध्ये अत्यन्त न्युनले भिषा प्राप्त गरेको अवस्था भए पछि,एकातिर ब्यबसाय लाइ मानब ओसार पसार को प्रमुख लक्ष राखेका हरु धेरै मारमा परेका छन भने अर्को तिर फैलिएको नराम्रो संदेशले उत्कृस्ट अथवा सम्बन्धित ठाउमा लामो समय अनुभब भएका हरु पनि भिषा नपाउने मारमा परेका छन्।
हामीहरु सबैमा आफ्नो आफ्नो किसिमको अलग बाटो बनाउने क्षमता हुदा हुदै पनी त्यसको पहिचान गर्न अथवा गहिराइमा पुग्न अल्छी गर्छौ । अरुले बनाएको बाटोमा हिड्न सुरक्षित महसूस गर्छौ अथवा देखासिखी तिर लाग्छौ।जसको परिणाम आफुसंग यथेस्ट क्षमता हुदा हुदै पनि त्यसको पहिचान गर्न नसक्दा सफल हुन सक्दैनौ ।
कुनै पनि व्यवसायमा आबस्यक गृह कार्यले र रचनात्मकताले अहम भुमिका खेल्छ। आफुले गर्न खोजेका कुराहरुको बिस्तृत योजना वनाउने,सकारात्मक र नकारात्मक पाटो हरुको पहिचान गर्ने,आफ्नो क्षमता विकास गर्ने र त्यसपछी अगाडी वढ्ने गरेमा केहि हदसम्म जोखिम कम हुन सक्छ ।त्यसैले अव हामीहरु सचेत बन्नु अावस्यक भईसकेको छ।आबस्यक ब्यवसायीक दक्षताको बिकाश अपरिहार्य छ।एक अर्का प्रति बैर्यभाब,इर्ष्या,रिस त्यागेर गर्न खोजेको कामको यथेस्ट ज्ञान लिने अनुभवीहरुको सल्लाह लिएर सवै मिलेर नयाँ नयाँ व्यबसायीक अायाम हरुको पहिचान गर्ने र संस्थाहरुले पनि सस्तो लोकप्रियताको काममा मात्रै समय खर्चिनुको साटो यस्ता खालका संबेदन शिल बिषय हरुमा सचेतना मुलक प्रशिक्षण हरु राख्ने लगायतका रचनात्मक कार्यहरु गरेर अगाडी वढ्ने हो भने पक्कै पनि आबस्यक ज्ञानको अभाबमा रेस्टुरेन्ट व्यवसायमा होमिएका धेरैलाई ब्यबसायिक राहत मिल्न सक्छ।

Leave a Reply

Top