You are here
Home > प्रवास > जापानमा रहेका र केहि समय को लागि नेपाल गएका हरुको लागि महत्त्वपूर्ण जानकारी

जापानमा रहेका र केहि समय को लागि नेपाल गएका हरुको लागि महत्त्वपूर्ण जानकारी

-नरेन्द्र बस्नेत दिनेश

२०२० को मार्च महिनामा ग्राजुयशन गर्नु भएका बिद्यार्थीहरुको लागि ।
यदि तपाइहरु मध्ये कसैको स्युस्योकु भएर कम्पनिमा काम सम्पूर्ण तय भएको तर संसारिक महामारी कोरोनाको कारणले काम दिन नसक्ने र अन्य फलो अप पनि गर्न नसक्ने भनेर असहयोग गरेको छ भने आफ्नो नजिकको हेलोवर्कमा परामर्श लिनुहोला । हेलोवर्क रोजगारी सूचना केन्द्रले तपाइहरुको समस्या समाधानको लागि पहल कदमी गर्नुको साथै नया काम खोज्न पनि सहयोग गर्नेछ ।
यदि तपाईले काम गर्नु भएको कम्पनिले कोरोना भाइरसको कारण ब्यबसायमा परेको असरले तपाई बिदेशी नागरिक भएकै कारण जापानी श्रमिक भन्दा फरक प्रतिकुल असर पर्ने ब्यबहार गरेमा त्यो क्षमा योग्य हुने छैन ।

१ -कम्पनीको आफ्नै कारणले श्रमिकलाई बिदा बस्न लागाउनु परेमा भेदभाव रहित तरिकाले समानताको आधारमा भुक्तानी गर्नु पर्छ ।

२ – श्रमिकको रोजगारीको रक्षार्थ राष्ट्रले कम्पनीलाई भुक्तानी दिने अनुदान रकममा बिदेशी र स्वदेशी बिचको भेदभाबी कुरा नहुने भएकोले यो समान रुपमा प्रयोग हुन्छ ।

३ -बालबच्चाको बिद्यालय बिदा भएको कारणले कम्पनिमा छुट्टी लिनु पर्दा जापानी श्रमिक सरह तलबी बिदा प्रयोग गर्न सकिनेछ । कोरोनासँग सम्बन्धित बिषयमा अझै बिशेष ब्यबस्था भएकोले सम्बन्धित ठाउमा बिस्तृत विवरण लिनु होला ।

४- बिना कारण कम्पनिले आफूखुसि कामबाट निकाल्न पाउादैन यसो गरेमा अथवा बिदेशी भएकै कारण भेदभाब गरेमा जापानको नियम कानुन अनुसार जापानी श्रमिक सरहको नियम पालना गर्नुपर्छ ।
कानुनी रुपमा प्रक्रिया पुर्याएर अरुबाइतो या फुल टाइम जागिर गर्नु हुने सबैले कुनै पनि किसिमको समस्या पर्दा नजिकको श्रम ब्युरो हेलोवार्क रोजगारी सूचना केन्द्रमा सम्पर्क गर्नु होला ।

नेपाल गएको अवस्थामा भिषा सकिएका हरुको लागि

१ -तपाइँ ऐले नेपालमा हुनुहुन्छ र लक्डाउनको कारणले फर्किन नपाएर भिषा सकिएको भएमा जापानमा तपाई जुन भिषामा रहनुभएको भए पनि आफ्नो कम्पनी, स्कुल, कलेज या युनिभर्सिटीलाई लिखित रुपमा आफु जापान फर्कन नसकेको कारणबारे जानकारी गराउनुस् । जानकारी गराउँदा फोनमार्फत् नभई इमेल गर्नुहोला ताकि पछि आवश्यक परेको खण्डमा प्रमाणका रुपमा पेश गर्न सजिलो होस् ।

२- आफुसँग सम्बन्धित ठाउमा जानकारी गराएपछि आफु कोरोना भाइरसको कारण जापान फर्कन नसकेको, आफ्नो भिषा स्टेटस, सकिने अवधि लगायतको विवरण उल्लेख गरि इमिग्रेसन ब्युरोमा पनि इमेल मार्फत जानकारी गराउनुहोस् ।

बिद्यार्थीहरुको हकमा भने नेपालमा रहदै भिषा सकिने परिस्थिति आएमा तत्काल आफ्नो कलेजलाइ जानकारी गराउने तत्पश्चात जापान बाटनै कलेजले आवस्यक प्रक्रिया अगाडी बढाउनेछ । यद्यपि कलेजमा न्यूनतम उपस्थिति कम भएको शुल्क नतिरेको लगायत अन्य अवगुणहरु भएको अवस्थामा कलेजले सहयोग गर्न नसक्ने सम्भावना पनि रहन्छ । नेपालमा रहेर भिषा सकिएकोहरुको लागि कलेजहरुले नै प्रक्रिया गरिदिने भन्ने जानकारी इमिग्रेसन ब्युरोको भएकोले कलेजलाई सम्पर्क गर्नु बाहेक तत्काललाई बिकल्प नदेखिएको यद्दपि कलेजबाट असहयोग हुने अवस्था भएमा सिधै इमिग्रेसनमा सम्पर्क गरि आफ्नो अवस्था बारे जानकारी गराउनु उत्तम रहनेछ ।

३ – जापानमा भिषाको प्रक्रिया पुरा गरि नेपाल गएको तर लक्डाउनको कारण आउन नपाएकाहरुले प्रक्रिया गर्दा यदि परामर्श दाता (ग्योउसेस्योसि) प्रयोग गर्नु भएको भए ग्योउसेस्योसि नभए यदि आफैले गर्नु भएको भए आफ्नो कोहि आफन्त भए आफन्तले पनि बुझ्न सकिने ब्यबस्था भएको जानकारी छ यदि त्यो पनि नभएमा एकपटक आफैले इमेल मार्फत आफुले अपलाई गरेको इमिग्रेसन कार्यालय मा बुझ्नु होला ।

४ -कुनै पनि वोर्किंग भिषा या कुक भिषामा नेपालमा हुनुहुन्छ र भिषा सम्बन्धि समस्या भएमा आफ्नो जापानको रोजगार दातासँग सहयोग लिदै आफ्नो नजिकको नातेदार,रोजगार दाता या ग्योउसेस्योसि मार्फत भिषा आबेदनको प्रक्रिया अगाडी बढाउन सक्नुहुनेछ ।

डिपेनडेन्ट भिषा भै हाल नेपालमा भएमा

जसको डिपेनडेन्टमा बस्नु भएको हो त्यो व्यक्ति जापानमा भएमा सम्बन्धित व्यक्ति मार्फत् पुनः भिषा आबेदन गर्नुपर्ने हुन्छ ।

पहिलोपटक भिषा आएर रोकिएको बिषयमा
सामान्यता भिषाको मान्यता अवधि ३ महिनाको हुने भएपनि ऐले कोरोना भाइरस संक्रमणको कारण बिशेष परिस्थिति भएको र यसबारे किटान गरि उल्लेख गर्न सक्ने गरि यथेस्ट जानकारीहरु प्राप्त हुन नसकेकोले जापान इमिग्रेसन ब्युरो अथवा नेपालस्थित जापानी राजदुताबासमा बुझ्न अनुरोध गर्दछु ।

माथि उल्लेखित विवरणहरु आफूले जाने बुझेको र उपलब्ध स्थानीय श्रोत समाचारहरुको आधारमा तयार गरेको हुँदा समय अनुकुल परिमार्जन हुन सक्ने जानकारी गराउदछु ।

उल्लेखित बिषयमा लेख्नु या थप्नु पर्ने बिषय धेरै भएपनि पछील्लो परिस्थिती अनुसार जापान सरकारको र इमिग्रेसन ब्युरोको नियमहरु परिवर्तन भैरहने या हुनसक्ने अवस्थाको मध्यनजर् गर्दै यो जानकारीको दायरा यतिमै सिमित गरेको जानकारी गराउदछु।

 

Leave a Reply

Top