You are here
Home > खुशी बाँडे खुशी बढ्छ > विरामी र जेष्ठ नागरिकलाई घरमै माक्स वितरण गर्दै युवा

विरामी र जेष्ठ नागरिकलाई घरमै माक्स वितरण गर्दै युवा

चैत २४, ,काठमाण्डौँ । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड१९ संक्रमण कारण माक्सको चरम अभाव रहेको बेला दक्षिणकाली नगरपालिका वडा ८ का सामाजिक क्षेत्रमा निरन्तर लागिरहेका युवा सुदिप आचार्यले आफ्नो व्यक्तिगत खर्चमा तत्कालिन भतेरचउरमा रहेको ४० घरका वृद्ध, जेष्ठ नागरिक र विरामीका लागि घरमै पुगेर माक्स तथा सचेतना पर्चा वितरण गरेका छन् । सामाजिक क्षेत्रमा विभिन्न समयमा आफ्नो योगदान दिइरहेका युवा आचार्यले आफ्नो सहकर्मी साथीहरु भरत आचार्य र आषिस पौडेलको सहयोगमा यो अभियान संचालन गरेको आचार्यको भनाई छ ।

Leave a Reply

Top