You are here
Home > अन्तरास्ट्रिय > जापानमा नेपाली खानाको प्रवर्धन गर्दै ओएसिस क्याफे

जापानमा नेपाली खानाको प्रवर्धन गर्दै ओएसिस क्याफे

– पुरुषोत्तम लामिछाने ,ओसाका

“जहाँ जाँउला त्यही खाउला जिब्रो फट्कारी,सबैलाई मनपर्ने दाल,भात,तरकारी”
कुनै समय नेपालमा यो गीत खुबै चर्चित भएको थियो। दाल ,भात,तरकारी,अचारमा बानि परेका हामी नेपालीले देश तथा बिदेश जहाँ गएपनि यसको खोजी अबश्य गर्ने गरेका छौ । तर स्वदेशमा जस्तै बिदेशमा भने बिविध कारणले सजिलै दाल ,भात तरकारी खान चाँही नपाईदो रहेछ ।
हुनत जापानमा पनि ईण्डियन तथा नेपाली रेस्टुरेण्ट प्रशस्तै छन् तर नेपाली पन र नेपाली स्वादमा अचार सहितको पूर्ण रुपमा नेपाली परीकारका खाना पाइने ठाउँहरु भने कमै छन।यद्यपी हाल भने जापानमा नेपालीहरुको संख्यामा आएको वृद्धि सँगै वास्तविक नेपाली खानाका परीकार पाइने ठाउँहरु बढ्दो क्रममा छन् ।जस मध्ये बिगत ४ बर्ष देखि निरन्तर नेपाली पारीकारको इभेन्ट गर्दै आएको ओेएसिस क्याफेको बारेमा जानकारी दिने प्रयास गरेका छौ।
सन २०११ देखि जापानको ओसाका स्थित मोमोदनीमा संचालन हुँदै आएको ओएसिस क्याफेले बिगत ४ बर्ष देखी निरन्तर रुपमा नेपाली खानाको बिभिन्न पारीकार तयार पारी नेपाली खानको इभेन्ट गर्दै आयको ओएसिस क्याफेका संचालक सुजन मैनलिले बताउनु भयो।
सुरुमा जापान आउँदा आफुलाई मन पर्ने नेपाली खाना खानको लागि बिभिन्न ठाउँमा जाँदा पनि वास्तविक नेपाली स्वादको खाना खाने ठाउँ नभेटेकोले कुनै दिन आफुलाई मन पर्ने नेपाली खानाकै ब्यवसाय संचालन गर्ने सोच बनाएको मैनालीले सुनाए ।

नेपाली तथा ईण्डियन खनाको ब्यवसाय संचालन गरेका मैनालीले आफ्ना ग्राहकले नेपाली र ईण्डियन खानाको फरकका बारेमा जिज्ञाशा राख्न थालेपछी नेपाली भन्सामा तयार हुने दाल, भात,तरकारी तथा अचार सहितको पारीकार बनाएर छुट्टै मेन्यु तयार पर्दै साप्ताहिक रुपमा नेपाली खानाको इभेन्ट सुरुगरेको बताए । अहिले मासिक ६ देखी ८ पटक सम्म इभेन्ट हुने जसमा दाल,भातका अलबा सुक्खा रोटी,कोदोको ढिडो,सेकुवा ,पानीपुरी तथा नेपाली खाजा सेट समेत खान सकिन्छ ।

नेपालीहरुका लागि नेपाली स्वादमानै पारीकार पस्किदै आएको ओएसिस क्याफेमा जापानी ग्राहकले पनि नेपाली खाना मन पराएको मैनालीको भनाइ छ । नेपाली खानामा साग सब्जीको प्रयोग प्रयाप्त हुने भएकोले नेपाली खाना श्वास्थ्यको लागि निकै फाईदाजनक छ तसर्थ आफु परिवार सहित आउने गरेको जापानी नागरिक योकोता ताकाहासीको भनाइ छ ।
नेपाली बिद्यार्थीका लागि बिशेष छुट सहित सरल मेन्यु भएकोले पनि आफुहरु ओएसिस क्याफे आउँने गरेको ईश्वर रानाभाटले बताए ।
ओसाकामा सम्भवत नेपालीहरुले सन्चालन गरेको पहिलो किराना पसल माइदो मसला मार्ट लगायतका अन्य पसलहरु बाट नेपाली खानाका लागि चाहिने सामाग्री ल्याएर नेपाली खानाको परीकार तयार पारीने सुजन मैनालीको भनाइ छ ।
अबको लक्ष्य भनेको जापानी नागरिक समक्ष वास्तविक नेपाली खानाको बारेमा जानकारी पुर््याउदै नेपाली खाना प्रती आकर्षण बढाउनु हो । जबसम्म नेपाली खानाको बारेमा हामीले राम्रो सँग जानकारी दिन सक्दैनौ तबसम्म जापानीले नेपाली र ईण्डियन खाना एउटै हो भन्ने भ्रम पाली रहन्छन मैनाली भन्छन । तसर्थ अबका दिनहरुमा नेपाली खानाको आफ्नै महत्व र बिशेषता छ भन्ने कुराको जानकारीका गराउनु जरुरी भएको मैनालीको बुझाइ छ।

Leave a Reply

Top